लिस्बन।
सहकर्मी नेपाली युवतीमाथि दुर्व्यवहार गर्ने गैर आवासीय नेपाली संघ पोर्चुगलका निबर्तमान कानुनि सल्लाहकार राजन खनालले पिडितलाई नम्बर लुकाईएको गोप्य मोबाइल नम्बरबाट फोन गरेर मिलेर जान आग्रह गरेका छन्।
उनले पिडित युवतीलाई फोन गर्दै, ” तिमि र मा एकै ठाउँको , मिलेर जाऔं। बरु म तिम्रो आमा र दाईसंग कुरा गरेर सम्झाउछु। “भनेर फकाएको अडियो रेकर्ड भोइस अफ नेपाललाई प्राप्त भएको छ।
खनाल र पिडित युवती दुबैको नेपालमा तनहुँका बासिन्दा हुन्।
पिडित युवतीले किन भागेको भनेर प्रश्न गर्दा, ” म भागेको होइन, इमर्जेन्सी काम परेर डेनमार्क जानुपरेको हो। म छिट्टै फर्किन्छु। ” भन्ने जवाफ दिएका छन्।
यो घटना बाहिरिएसंगै खनालको मोबाइल स्विच अफ भएको थियो। संचारकर्मी र सरोकारवालाहरुले जति नै सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेको थिएन।
घटना बाहिरिएसंगै खनाल एकाएक सम्पर्कविहीन भएका थिए ।