नेपाली चेलीमाथि दुर्व्यवहार गर्ने खनालको कर्तुत बाहिरीएपछि रातारात पोर्चुगलबाट डेनमार्क फरार !

लिस्बन।

पोर्चुगलमा एक नेपाली चेलीमाथि दुर्व्यवहार गर्ने खनालको कर्तुत बाहिरिएपछि रातारात भागेर डेनमार्क पुगेका छन्।

एनआरएनए पोर्चुगलका निबर्तमान कानुनी सल्लाहकार समेत रहेका र पोर्चुगलमा आफुलाई नेपाली वकिल बताउदै कानुन व्यवसाय गर्दै आएका राजन खनालले आफ्नै सहकर्मीलाई दुर्व्यवहार गर्नुका साथै कार्यालयभित्रै कुटपिट गरेका थिए।

१५ जनवरी, २०२२ को दिउसो भएको सो घटनाको उजुरी पोर्तुगाली प्रहरीसम्म पुगेपछि घटना बाहिरिएको थियो।

घटना बाहिरिएलगत्तै संचारकर्मी र सरोकारवालाहरुले निज खनाललाई बारम्बार सम्पर्क गर्न खोज्दा सम्पर्क नै हुन सकेको थिएन। निज खनालले आफ्नो मोबाइल नै स्विच अफ गरेर बसेका थिए।

नेपाली चेलीमाथि दुर्व्यवहार र हातपात गर्ने खनाल अहिले डेनमार्कमा रहेको श्रोतले भोइस अफ नेपाललाई बतायो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार