एनआरएनए पोर्चुगलका निबर्तमान कानुनी सल्लाहकारले कार्यालयमै नेपाली चेलीलाई कुट्दै दिए धम्की , ” तलाई मारेर टुक्रा टुक्रा पारेर फालिदिन्छु “

लिस्बन।

गैर आवासिय नेपाली संघका पाेर्चुगलका निबर्तमान कानुनी सल्लाहकार राजन खनालले एक नेपाली चेलीलाई कुटपिट गरेका छन्। निज खनालले एक नेपाली चेलीलाई दिउसै कार्यालयभित्रै दुर्व्यवहार गर्दै कुटपिट गरेका हुन्।

को हुन् खनाल ?

कानूनी व्यवसायीको रूपमा आफ्नो परिचय दिन रूचाउने खनाल नेपालमा तनहुँ कोत्रे निवासी हुन्। लिस्वन स्थित NRC एड्भाेकेडमा कार्यरत खनालले शुरुवातीका दिनमा आफुलाई युरोपकै पहिलो नेपाली वकिल भनेर आफुले चिनेजानेका अनलाइनहरुमा झ्याली पिटेका थिए। पोर्चुगलमा शुरुवातिका दिनमा खेतीमा काम गरेका खनालले आफुलाई युरोपकै पहिलो नेपाली वकिल भनेर झ्याली पिटेपछि त्यसको सामाजिक संजालमा चर्को आलोचना भयो। त्यसपछि खनालले ति समाचारहरु हटाउन लगाएका थिए ।

NRC एड्भाेकेडमा कार्यरत खनालले शुरुवातीका दिनमा आफु नै उक्त ल फर्मको मालिक बताउदै आएतापनि उक्त ल फर्मको सेवा र खनालको आलोचना बढ्दै गएपछि आफु कर्मचारी मात्रै भएको बताउदै आएका छन्।

गैर आवासिय नेपाली संघ पोर्चुगलको २०१९-२१ कार्यकालमा तत्कालिन अध्यक्ष तिलक गैरेले खनाललाई संघको कानुनी सल्लाहकारमा मनोनित गरेका थिए। खनाललाई संघमा मनोनित गर्न कार्यसमितिमा प्रस्ताव गर्दा सामाजिक छवी राम्रो नभएका व्यक्तिलाई मनोनयन नगरौ भनेर संघभित्र ठुलै बहस र आलोचना भएतापनि अध्यक्ष गैरेले जबरजस्ती आफ्नो शक्तिको दुरुपयोग गर्दै खनाललाई संघको कानुनी सल्लाहकारमा मनोनित गरेका थिए। तत्कालिन अध्यक्ष गैरेले मनोनित गरेका सबै पदाधिकारीहरु कुनै न कुनै काण्ड र अपराधमा मुछिएका छन्। राजनैतिक शक्तिको दुरुपयोग गर्दै आफ्ना कर्तुतहरु लुकाउने र समाजसेवी कहलिने थलोको रुपमा एनआरएनए पोर्चुगल एक हब बनेको छ। गैरेले शक्तिको दुरुपयोग गर्दै अनधिकृत अनलाइन भोटिंगको हवाला दिदै संघलाई दुई चिरामा समेत विभाजित गरिदिएका छन्।

खासमा के हो घटना ?

पिडित नेपाली युवती र खनाल एउटै कार्यालयमा काम गर्छन। खनालले ति नेपाली युवतीलाई लामो समयदेखि ह्यारस गर्दै आईरहेका थिए। उनि समय समयमा ति युवतीलाई ” आफुसंग अथाह पैसा भएको र आफ्नो कान्छी श्रीमती बनाउने चाहना भएको भन्ने गर्थे। ति युवतीले सधै खनालको प्रतिकार गर्दै आईरहेकी थिईन्। ति युवतीले भोइस अफ नेपालसँग कुराकानी गर्दै भनिन् , ” कार्यस्थलमा ह्यारस्मेण्ट बढ्दै गएपछि एकदिन मैले ल फर्मका मालिक तथा वकिल नुनु आर कोर्रेइआसंग सबै कुरा भने। त्यसपछि नुनुले राजनलाई सम्झाएको र चेतावनी समेत दिएको बताए। ”

१५ जनवरी २०२२ घटना भएको दिन ति नेपाली युवती आफ्नो कार्यालयमा काम गर्दै थिईन्। लामो समय बिदापछि नेपालबाट फर्केका खनालको कार्यालयमा इन्ट्री भयो र उनले ति नेपाली युवतीलाई गालीगलौच र कुटपिट गर्न शुरु गरे। युवतीले आफ्नो गल्ति के हो , किन गाली गरेको र पिटेको भन्दा पीडक खनालले ” तैले त्यो म्यासेज किन गरिस् , तैले त्यो म्यासेज किन गरिस् ? ” भन्दै कराएको भिडियो भोइस अफ नेपाललाई प्राप्त भएको छ।

खनालको कुटपिटबाट नेपाली चेलीको अनुहारमा परेको निलडाम !

पीडितका अनुसार आफुलाई नेपाली कानुन व्यवसायी समेत भनेर चिनाउने खनालले आफुलाई विगत केही समयदेखीनै शारीरिक तथा मानसिक रूपमा यातना दिदै आईरहेका थिए।

पिडित युवतीले घटनाको खबर ल फर्मका मालिक नुनुलाई जानकारी गराएपछि आफुले केही पनि गर्न नसक्ने र प्रहरीमा गएर उजुरी गर्न सुझाएको बताईन्।

खनालको कुटपिटबाट ति युवतीको शरीर र अनुहारमा निलडाम समेत भएको छ। प्रहरीमा उजुरी गरेपछि प्रहरीकै सहयोगमा उनको स्वास्थ्य चेकजाँच र उपचार समेत भएको छ।

घटना बाहिर ल्याए टुक्राटुक्रा पारिदिएर मारिदिने धम्की :

पिडित युवतीका अनुसार एनआरएनए पाेर्चुगलका पुर्व कानुनी सल्लाहाकार समेत रहेका खनालले लामो समयदेखि आफुमाथि दुर्व्यवहार गर्ने गरेकाे र कहिँ कतै भनेमा ज्यान मार्ने धम्की समेत दिने गरेकाे उल्लेख गरेकी छिन् । ‘म पाेर्चुगलकाे डन हुँ, मेराे राताे पासपाेर्ट छ, तैँले कही गएर पनि केही गर्न सक्दैनस्, अन्त कतै गएर भनिस भने तेराे ज्यान टुक्राटुक्रा पारेर फालिदिन्छु ’ भन्दै धम्क्याउने गरेको बताएकी छिन् ।

तर श्रोतका अनुसार निज खनाल पोर्चुगलमा अस्थाई आवास भिषामा रहेको र पोर्तुगाली नागरिकता प्राप्त गरेका छैनन्।

ह्यारसमेन्टको प्रतिकार गर्दा चड्कन देखि प्रहरीसम्म उजुरी :

एनआरएनए पाेर्चुगलका पुर्व कानुनी सल्लाहाकार खनालले लामो समदेखि ह्यारसमेन्ट गर्ने प्रयास गरेका कारण ति युवतीले निरन्तर प्रतिकार गर्दै आईरहेकी थिईन्। आफ्नै रोजगारदातालाई आफुलाई खनालले ह्यारसमेन्ट गर्ने गरेको र नानाभाती प्रलोभन देखाउदै दुर्व्यवहार गर्ने प्रयास गरेको खबर गरेपछि खनाल आक्रोशित भए। नेपाली युवतीहरुलाई अनेकौ प्रलोभन देखाउदै र धम्कि दिएर ह्यारस गर्ने बानी परेका खनालको प्रवृतिको प्रतिकार गरेपछि उनले आफुलाई सम्हाल्न सकेनन र आफ्नै कार्यालयमा काम गर्ने युवतीलाई गालीगलौच मात्रै गरेनन् हातपात समेत गरे।

खनालको कुटाईले ति युवतीको शरीर र अनुहारमा निलडाम समेत भयो र अन्तमा यो घटना प्रहरीसम्म पुगेपछि खनालको कर्तुतको पर्दाफास भयो।

खनालले यसघि पनि आफ्नै कार्यालयमा सेवा लिन आएकी तामांग समुदायकी एक नेपाली चेलीलाई सेफबाट अर्जेन्ट चिठी आएको छ , तुरुन्तै आउ भनेर आफ्नै कार्यालयमा रातको समयमा बोलाएर दुर्व्यवहार गर्ने प्रयास गरेका थिए। ति युवतीले प्रतिकार गरेपछि यो घटना तामांग समाजले व्यवस्थापन गरेको थियो।

एनआरएनए पोर्चुगल ठग, गुण्डा, मानव तस्कर र फटाहाहरुको हव बन्दै :

पछिल्लो समय एनआरएनए पोर्चुगल ठग, गुण्डा, मानव तस्कर र फटाहाको हव बन्दै गएको छ। यहाका सामाजिक संघ संस्थाहरुले पनि सामाजिक छवी बिग्रेकाहरुलाई राजनैतिक सम्बन्धका आधारमा संघमा पठाउने गरेका छन्। आम श्रमिक नेपाली संघ र यहास्थित सामाजिक संस्थाहरुको रवैया देखेर वाक्कदिक्क भएका छन्।

संघ र यसको नेतृत्वले समाजमा रहेका ठग, गुण्डा, मानव तस्कर र फटाहाहरुलाई मनोनित गर्दै संघमा पदाधिकारी बनाउने र उनीहरुलाई चोख्याउने काम गर्दै आएको छ। २०१९-२१ को तिलक गैरे नेतृत्वले झन् यसको सिमा नै पार गर्यो। खनाल त्यसैको एक उदाहरण हुन्। कार्यसमितिभित्रको चर्को आलोचनाका बावजुत पनि गैरेले खनाललाई आफ्नो पदको दुरुपयोग गर्दै एक्लैले कानुनी सल्लाहकार नियुक्त गरेका थिए। खनालले संघ र पोर्चुगलमा रहेका आम नेपालीलाई के कानुनी सल्लाह दिए खै कुन्नि , तर यतिखेर उनि आफै कानुनको कठघरामा उभिएका छन्।

सहयोगका लागि पिडितको आव्हान :

पीडीत नेपाली युवतीले प्रहरीमा उजुरी दिईसकेपछि एनआरएनए पाेर्चुगल, पाेर्चुगलमा कार्यरत सम्पुर्ण संघसंस्था, बुद्विजीवी, पत्रकार तथा आम नेपालीहरुलाई सहयाेगकाे लागि अपिल समेत गरेकी छिन् ।

पिडित युवतीले कानुनी लडाई लड्ने र कुनै पनि हालतमा पछि नहट्ने समेत बताएकी छिन्।

यो घटना सार्वजनिक भए संगै पोर्चुगल सामाजिक संघसंस्थाले घटनाको घोर निन्दा गर्दै पीडितलाई न्याय दिन आफ्नो ठाउँ बाट लागि पर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार