देश र पार्टीका लागि फेरी पनि पार्टीको अध्यक्ष बनेको हुँ : प्रचण्ड

काठमाण्डाै।

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । आज साेमवार बसेको केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

प्रचण्डलाई अध्यक्ष बनाउन नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए । उनको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । अध्यक्षमा निर्वाचित भएपछि बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफू अब नेतृत्वबाट अलग हुनुपर्छ भन्ने लागे पनि देश र पार्टीको आवश्यकता र केही बाध्यताका कारण अध्यक्ष बन्नुपरेको बताए ।

‘अब नेतृत्व छाडेर भिन्न भूमिकामा जानुपर्ने बेला आएको जस्तो लाग्छ, तर देश र पार्टी रूपान्तरणको आवश्यकतालाई हर्दा केही समय दुःख गर्नुपर्छ, सक्रिय हुनुपर्छ भन्ने बाध्यता रहेको महसुस हुन्छ’, उनले भने ।

अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षको हैसियतले देशको सेवा गर्न आफ्नो लागि यो कार्यकाल अन्तिम अवसर र अन्तिम चुनौती भएको पनि बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार