लिस्बन।
पोर्चुगलमा गत नोभेम्वर महिनामा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुमध्ये ६८ प्रतिशतले कोरोना बिरुद्धको खोपको पूर्ण मात्रा लगाएकाहरु रहेको तथ्यांक स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको छ।
त्यस्तै सोही समयमा ज्यान गुमाउनेहरुको ३ प्रतिशतले पूर्ण खोपका साथै खोपको बुष्टर डोज समेत लगाईसकेका थिए।
त्यस्तै मृत्यु हुने अन्य ३२ प्रतिशत मानिसहरुले खोपको पूर्ण मात्र नलगाउनेहरु वा खोप नै नलगाउनेहरु रहेको स्वास्थ्य महानिरदेशनालयले जनाएको छ।