सान्टान्डर बैंकले गल्तीले आफ्ना ग्राहकको खातामा २० अर्ब बढी पैसा राखिदिएपछि …

लण्डन ।

बेलायतको सान्टान्डर बैंकका कर्मचारीको गल्तीले १७५ मिलियन डलर अर्थात २० अर्ब भन्दा धेरै नेपाली रुपैया आफ्ना ग्राहकहरुलाई बढी भुक्तान गरेको खुलेको छ । उक्त बैंकले आफ्नो कमजोरीको कारण १३० मिलियन पाउण्ड बराबरको सो रकम ग्राहकहरुलाई दिएको जनाएको छ ।

बैंकले गत डिसेम्बर २५ का दिन कुल भुक्तानी लगभग २ हजार संस्था (कर्पोरेट) र व्यावसायिक ग्राहकहरुको लागी ७५ हजार लेनदेन भन्दा बढी रकम वितरण गरेको खुलेको हो ।

यसप्रकारको गल्ती भएपछि बैंकले विज्ञप्ती जारी गरी माफी समेत मागेको छ । बैंकले भनेको छ, “प्राविधिक समस्याको कारणले गर्दा हाम्रा कर्पोरेटका ग्राहकहरूको खातामा गलत रूपमा रकम दोहोरिएको छ, हामी क्षमाप्रार्थी छौं”।

बैंकले यस्ता कमजोरी हुन नदिन आगामी दिनमा बढी मिहेनत गर्ने समेत जनाएको छ । उक्त गलत कारोबारलाई सच्चाइएको समेत बैंकले बताएको छ ।

बैंकले पैसा रिकभरी भइरहेको सिएनएनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार