लन्डन ।
बेलायतमा कोरोना भाइरस संक्रमण सुरु भएदेखिकै विहिबारसबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।
बेलायतमा वितेको २४ घन्टायता मात्र कम्तीमा पनि १ लाख ८९ हजार २१३ जना संक्रमित भेटिएका हुन् । एकै दिनमा यहाँ यतिधेरै संक्रमितहरु भेटिएको यो पहिलो घटना हो ।
त्यस्तै विहिबार यहाँ कोरोनाका कारण ३३२ जनाको ज्यान गएको छ । यहाँ अहिलेसम्ममा १ करोड २७ लाख भन्दा बढी संक्रमित पाइएका छन् । त्यसैगरी स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार भन्दा बढीको ज्यान गएको बताएका छन् ।
पछिल्लो समयमा ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ । जसका कारण सरकारले कतिपय सार्वजनिक कार्यमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ । पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि बढ्दो छ ।
सरकारले कोभिड संक्रमण बढीरहेको अवस्थामा योग्यता पुगेकाहरुले कोभिडविरुद्धको खोपको बुष्टर डोज लगाउन भनेको छ ।