नवलपरासी पश्चिम।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको अधारमा लागु औषधका मशहुर कारोबारी सहित ३ जनालाई पाल्हीनन्दन गाउँपालिका ३ कुश्मा चोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा लागु औषधका मशहुर कारोबारी पाल्हीनन्दन गाउँपालिका ३ कुश्मा बस्ने विवेक पाण्डे उर्फ मन्टु, सोही ठाउँ बस्ने अब्दुल रहमान उर्फ चिन्कुल र सुनवल १ सोमनाथ बस्ने कृष्ण बहादुर पाण्डे रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट स्पास्मो १७४ क्याप्सुल, नाईट्रोभेट १९ ट्याब्लेट र कोडिन ३ बोतल लागु औषध बरामद गरेको छ । उनीहरु संग बरामद यो लागु औषध कम मात्रा भएपनि उनीहरु कारोबारी भने पुराना र ठुला नै रहेको स्थानिय बताउछन ।
विगतका बर्षदेखि विवेक पाण्डे उर्फ मन्टु र अब्दुल रहमान उर्फ चिन्कुल भारतीय बजारबाट लुकाई छिपाई लागु औषध ओसारी घरबाट विक्री वितरण गर्दै आएका थिए।
विवेक पाण्डे स्थानिय नाम मन्टु पाण्डे र अब्दुलरहमान स्थानिय नाम चिन्कुलबाट चर्चित छन् । लागु औषधबाट निकै लाभ गरिरहेका मन्टु र चिन्कुल जिल्लामै लागु औषधको मशहुर कारोबारी भनेर चिनिने गरिन्छ । उनीहरु संग लागु औषध किन्न जिल्लाको बर्दघाट, सुनवल, परासी, जमुवाड, स्वाठी, बनकट्टी, खैरेनी लगायतका ठाउँहरुबाट लागुऔषध सेवनकर्ताहरुको कुश्मा चोकमा भिडनै लाग्ने गरेको स्थानियहरु बताउछन् ।
मन्टु र चिन्कुल सहित केहि कारोबारीहरु सोझा साझा बालबालिका तथा व्यक्तिहरुलाई आर्थिक प्रलोभन दिई भारतीय बजार ठुठीबारी, लक्ष्मीपुर र बरगादवाँ बजारबाट विभिन्न प्रकारका लागु औषधहरु खरिद गरि ओसार्न लगाउथ्ये र घरमा लुकाएर राख्थे । सेवनकर्ताहरु आएपछि वरपरका बगैचा र खेतखरिहानमा लुकिछिपी महंगोमा लागुऔषध बेच्ने धन्धा गर्दै आएका थिए । यिनीहरुको चर्तिकलाले स्थानिय केटाहरु विग्रीहरेका थिए भने समाजमा नाकारात्मक असर समेत परिरहेको स्थानियहरु गुनासो गर्दै आएका थिए । लागु औषध कारोबारी मन्टु र चिन्कुलका विषयमा स्थानियहरु प्रहरी, नेता तथा पत्रकार समेतलाई गुनासो गर्दै आएका थिए । तिनीहरुलाई स्थानियले सुधारका लागि जति सम्झाएपनि उनीहरु आफनै धन्धामा व्यस्त रहने गर्दथे ।
प्रहरीले मन्टु र चिन्कुललाई रंगेहात पक्रन विगत केहि महिनादेखि टारगेटमा राखी योजना बुन्दै आएको थियो कि त्यो दिन आयो र प्रहरीलाई सफलता मिल्यो । प्रहरीको टोलीले कुश्मा चोकबाट ति कारोबारीहरुलाई लागु औषध सहति पक्राउ गरि लगेपछि स्थानियहरु निकै खुशी भएको पाईन्छ । पक्राउ पर्ने ति तिनै जना विरुद्ध लागु औषध मुद्धामा मुद्धा दर्ता गरि अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ । मन्टु ७÷८ बर्ष अगाडी भारतमा मोटरसाईकल चोरीमा समेत पक्राउ परि जेलनेल भोगेका व्यक्ति हुन । तिनको अरेस्टले लागु औषध कारोबारी तथा सेवनकर्ताहरुमा त्रास फैलिएको छ । अहिले कुश्मा चोक शान्त देखिएको छ ।
त्यसैगरि प्रहरी एक्सनमा आएपछि विभिन्न मुद्धामा फरार ११ जना अभियुक्तलाई पनि पक्राउ गरि आवश्यक कार्वाहीका लागि जिल्ला अदालतलाई बुझाएको छ ।