लिस्बन।
नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
विश्व सर्वहारा वर्गका नेता माओको १२९ औं जन्म जयन्तीको पूर्वसन्ध्यामा आयोजित उक्त साधरण सभा जुम अनलाइन प्रबिधि मार्फत सम्पन्न भएको हो।
विभिन्न देशबाट नेपाली जनप्रगतिशील मोर्चाका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको उक्त कार्यक्रममा सहभागिता रहेको थियो । कोरोनाको पांचौ लहरका कारण जनप्रगतिशील मोर्चा पोर्चुगलका नेतृत्व र लिस्वनस्थित साथीहरुको मात्र भौतिक उपस्थिती र अन्य सबै सहभागीलाई जुम मार्फत जोडिएको आयोजकले बताए।
उक्त सभालाई नेकपाका महासचिव विप्लवले सम्वोधन गर्दै नेपालमा दलाल पुंजीवादी संसदिय व्यवस्थाले सर्वत्र रुपमा संकट खडा गरेको बताए । राष्ट्रियता, जनतन्त्र र जनजिविकामा देखिएका समस्या सामाजिक भेदभाव, भ्रष्टाचार र अन्य विकृतिहरुलाई अहिलेको व्यवस्थाले हल गर्न नसक्ने उनको तर्क थियो ।
बिप्लवले अगाडी थपे, ” अन्य सबै दलले नयां कुरा गर्छौ भने पनि सारमा उनीहरुसंग नयां केहि छैन । त्यसैले हाम्रो पार्टीले वैज्ञानिक समाजवादको अवधारणा अगाडि सारेका छ । हाम्रो देशको लागि अहिले सबैभन्दा उत्तम व्यवस्था यो नै हो ।”
उक्त सभामा नेजप्रमो युरोपका अध्यक्ष विष्णु भुजेल, मोर्चा मध्यपूर्व अधिवेशन आयोजक समितिका संयोजक रमेश गिरी, मोर्चा अमेरिकाका अध्यक्ष विश्व शाह , प्रवासी नेपाली एकता मन्च पोर्तुगलका अध्यक्ष मदन लिम्वु, नेपाली समाज पोर्चुगलका महासचिव इ्रश्वर पाण्डे, जनजाति महासंघ पोर्चुगलका अध्यक्ष हेम गुरुङ्, महिला समाज पोर्चुगलकी अध्यक्ष माया पौडेल खनाल, मोर्चा मलेशियाका सल्लाहकार बिस्फोट मगर र जापानका अध्यक्ष निराजन गैरेले शुभकामना मन्तव्य दिएका थिए।
मोर्चाका अध्यक्ष पूर्ण विकको अध्यक्षतामा सम्पन्न साधारण सभामा भौतिक तथा भर्चुअल रुपमा उपस्थित सबैलाई मोर्चाका उपाध्यक्ष टंक खड्काले स्वागत गरेका थिए भने सन्चालन महासचिव प्रदिप अधिकारीले गरेका थिए ।