आज क्रिसमस डेः विश्वभर भव्यरुपमा मनाइँदै !

लण्डन ।

इसाई धर्मका संस्थापक प्रभु येशु ख्रीष्टको जन्मोत्सव आज विश्वभर भव्य रुपमा मनाइँदै छ ।

येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ ।

क्रिसमसका अवसरमा विश्वभरका देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।

क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

क्रिसमसको आकर्षण सान्ता क्लस हुन् । रातो टोपी लगाएका लामो सेतो दाह्री पालेका वृद्ध सान्ताले सबैलाई उपहार दिने र खुशी बाँड्ने छन् भन्ने विश्वास गरीन्छ । बेलायतमा क्रिसमसको छुट्टै रौनक देखिएको छ । यहाँ रहेका बेलायती मात्र नभएर नेपाली इसाई धर्मालम्बीहरुले पनि क्रिसमस पर्व धुमधामका साथ मनाउँदै छन् । कोभिड महामारीको ओमिक्रोन भेरियन्टका कारण क्रिसमस पर्व केही खल्लो भने देखिएको छ ।

यस्तै क्रिसमसका अवसरमा नेपालको राजधानी काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिक स्थल सजाइएको छ ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मरियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार