लिस्बन।
ओडेमिरा क्षेत्रमा कृषिमा काम गर्ने कामदारहरुमाथि जीएनआर प्रहरीले सिलसिलेवार यातना दिएको आरोप लागेको छ।
सात जना जीएनआर प्रहरीहरुले कृषि कामदारहरूमाथि शक्तिको दुरुपयोग गर्दै अपहरण र गम्भीर शारीरिक यातना दिएको ३३ आपराधिक आरोपहरू बाहिर आएको छ। उनीहरुले कृषि व्यवसायीहरुसंग मिलेर पद र शक्तिको दुरुपयोग गरेको आरोप छ।
जीएनआर प्रहरीले कृषि मजदुरहरुमाथि यातना दिएको घटनाहरु गत बर्षदेखी नै बाहिर आएको हो।
अन्तराष्ट्रिय समाचार संस्था सीएनएनले उक्त समाचार प्रशारण गरेपछि यो घटनाले अन्तराष्ट्रिय चर्चा पाएको हो। उसले यस घटनामा राजनीतिकरण भइरहेको समेत उल्लेख गरेको छ।
पोर्तुगाली समाचार एजेन्सी लुसाका अनुसार सीएनएनले प्रशारण गरको भिडियो क्लिपहरू ” सात प्रहरी एजेन्टहरूको “हिंसा, जातीय अपमान, शारीरिक यातना र एशियाई मूलका धेरै आप्रवासीहरूको अपमानको दृश्यहरू मोबाइलमा कैद गरेको देखाइएको छ। “