राजविराज।
आफ्नै पोखरीमा माछालाई चारो हाल्न गएका बेला डुबेर सप्तरीमा एकजनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ इटहर्वा बस्ने ५२ वर्षीय बाबुनन्द चौधरीको मृत्यु भएको हो ।
सोमबार साँझ ५ बजे आफ्नै निजी पोखरीमा माछाको चारो हल्न गएको केही समयसम्म घर नफर्किंदा चौधरीको खोजी सुरु भएको थियो ।
मंगलबार बिहान पोखरीको डिलमा चप्पल फेला परेपछि पानीमा जाल लगाई खोजतलास गर्दा चौधरीको मृत शरीर फेला परेको प्रहरीले जनाएको छ ।