मानव तस्करी र अवैध आप्रवासन रोक्न सेफद्वारा ४३ देशका इन्टरपोलसँग सहकार्य शुरु, २०० बढी पक्राउ !

लिस्बन।

युरोपका विभिन्न मुलुक हुदै पोर्चुगलसम्मको अवैध आप्रवासन र मानव तस्करी नियन्त्रण गर्न सरकारको विदेशी तथा सीमा नियामक सेवा सेफले ३४ देशका इन्टरपोलसँग सहकार्य शुरु गरेको छ।

पछिल्लो समयमा मात्रै मानव तस्करी र अबैध आप्रवाशनमा सहयोग गर्ने संलग्न २०० जना भन्दा बढीलाई सेफले पक्राउ गरि कारवाही प्रक्रिया शुरु गरेको छ।

सेफले रिपब्लिकन नेश्नल गार्ड ( जीएनआर ) प्रहरीसंगको सहकार्यमा २९ नोभेम्बर देखि ३ डिसेम्बरको बिचमा गरेको Turquoise III अपरेशनमा मात्रै १० हजार भन्दा बढी अबैध आप्रवासीहरूको पहिचान गरेको छ।

उक्त अपरेशनले मानव बेचबिखन र गैरकानूनी आप्रवासनमा समर्पित आपराधिक संगठनहरू विरुद्ध लड्न विभिन्न कार्यहरू गर्न सम्भव बनायो। पीडितहरूको जोखिमलाई आफ्नै फाइदाको लागि हतियार बनाउदै आएका अन्तर्राष्ट्रिय आपराधिक समूहहरूलाई ध्वस्त पार्ने उद्देश्यले उक्त अपरेशन संचालन गरिएको सेफले जनाएको छ।

त्यस्तै अन्य मुलुकमा हत्या र मनी लान्ड्रिङको अपराधमा आफ्नो मूल देशमा खोजी भइरहेको अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्टको अधीनमा रहेका दुई व्यक्तिलाई समेत सेफले पक्राउ गरेको जनाएको छ, तर उनीहरु कुन देशका थिए वा को हुन् भन्ने बारेमा केही पनि खुलाईएको छैन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार