पोर्चुगल लगायत ६७ देशबाट नेपाल जाने यात्रुले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने !

लिस्बन।

कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले पोर्चुगल लगायत विभिन्न ६७ देशबाट जाने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने बाध्यकारी नियम लागू गरेको छ।

शुक्रबार साँझ विभागले विज्ञप्ति जारी गर्दै पोर्चुगल, अमेरिका, मलेसिया लगायत थुप्रै युरोपेली मुलुकहरूसहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको हो।

यात्रुहरुले सात दिनपछि कोरोना परीक्षण गराउनुपर्नेछ। नतिजा नेगेटिभ आए सात दिन फेरि घरमै क्वारेन्टिन बस्नुपर्ने विज्ञप्तिमा भनिएको छ। नतिजा पोजेटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस् सूचना :

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार