नेपालमा कोरोना : २ सय ७४ जना संक्रमित थपिए !

काठमाण्डाै।

पछिल्लो २४ घण्टामा देशभर दुई सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार १६ जनाको नमुना परीक्षण गर्दा दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ७० जना निको भएका छन् । यही अवधिमा थप तीन जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । नेपालमा अहिले पाँच हजार पाँच सय २२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ६ हजार पाँच सय २२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म दुई करोड १४ लाख ४५ हजार एक सय ४५ डोज खोप प्रयोग भएकोमा ९५ लाख ३१ हजार दुई सय ५९ जनाले पूर्ण मात्रा र एक करोड १९ लाख १३ हजार आठ सय ८६ जनाले कम्तीमा एक मात्रा खोप पाएका छन् ।

नेपालमा अहिलेसम्म तीन करोड ५४ लाख ६६ हजार नौ सय ८० डोज खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार