कोभिड संक्रमण बढेसंगै पोर्चुगलमा रगत अभाव हुनसक्ने, पोर्चुगिज ब्लड इन्स्टिच्युटद्वारा रक्तदान गर्न आव्हान !

लिस्बन।

पोर्चुगिज ब्लड इन्स्टिच्युटले विशेष गरी डिसेम्बर र जनवरीमा रक्तदाताहरुलाई रक्तदान गर्न आह्वान गरेको छ।

पोर्चुगिज इन्स्टिच्युट अफ ब्लड एण्ड ट्रान्सप्लान्टेसन (IPST) का अध्यक्ष मारिया एन्टोनिया एस्कोभल मार्टिन्सले भनिन् “वर्षको यस समयको लागि रगतको भण्डारण सामान्य स्तरमा छन् र रगत अभाव हुनसक्छ। त्यसैले रगत अभावहुनुभन्दा पहिले नै डिसेम्बर र जनवरी महिनामा रगत दिन सक्नेले रगत दिनुहोस्।”

उनले अगाडी थपिन् “परम्परागत रूपमा हामीसँग पहिले नै श्वासप्रश्वासको संक्रमण छ र यस वर्ष कोविड संक्रमण बढेसंगौ र प्रोफिलेक्टिक आइसोलेसनहरू पनि छन्। प्रोफिलेक्टिक आइसोलेसनमा धेरै व्यक्तिहरू रहेको र श्वासप्रश्वासको संक्रमण भएकाहरू र कोविड संक्रमण भएकाहरूका लागि रगत आवश्यक हुनसक्ने भएकोले पनि थप रगतको भण्डारण गर्नुपर्ने आवश्यक देखिएको छ। ”

रक्तदाताहरुले आफु नजिकको रक्तदान केन्द्र, रेडक्रस वा पोर्चुगिज ब्लड इन्स्टिच्युटसंग सम्पर्क गरि रक्तदान गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार