लिस्वन ।
बैदेशिक रोजगारीको शिलसिलामा पोर्चुगल बस्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन ।
नेपालमा चितवन घर भएका उनले ओदिमेरास्थित आफ्नै निवासमा पासो लगाएर आत्महत्या गरेका हुन ।
आज बिहानसम्म सामान्य रुपमा देखिएका उनले दिउसो आफ्नै निवासमा भर्याङ्गमा झुन्डिएर आत्महत्या गरेका छन्। आत्महत्याको कारण खुल्न सकेको छैन।
आत्महत्या गरेका ति युवकको शव घटनास्थलमै छ । प्रहरी घटनास्थलमा पुगेको र घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।
मृतक बिगत ७ बर्षदेखी देखि पोर्चुगलमा बसोबास गर्दै आएका थिए ।
पोर्चुगलमा यो बर्ष नेपालीले आत्महत्या गरेको यो दोश्रो घटना हो। यसघि अर्का नेपाली युवकले नेपाल फर्कन एकदिन आगाडी मात्रै आफु बसेको होटेलको चौथो तल्लाबाट हाम फालेर आत्महत्या गरेका थिए।
#InUpdate