उनको कथा : पोर्चुगलमा एक नेपाली नारीको भोगाइको ब्यथा !

याेगेन्द्र खरेल , पाेर्चुगल।

जब जब उनीलाई देख्थे, तब – तब म आफू बिबाहित र सन्तानकाे बाबा हु भन्ने नै बिर्सन्थे । सायद क्रिसमस बिदाकै बेला भगवानले धेरै समय लियर धेरै साेच बिचार गरेरै उनीलाई बनाए हाेलान् र त उनी अरु भन्दा पृथक छिन् , राम्री छिन् , सुशील छिन् र नम्र छिन् । म सानाे हुदा मेराे बाबाले हरेक जसाे साँझ मलाई कथा सुनाईरहनुहुन्थ्याे । निकै राम्रा सुनिरहु जस्ता कथाहरु सुनाउनुहुन्थ्याे र मलाई पनि सधै जसाे सुनिरहन मन लाग्थ्यो । बेला बेला प्रदेशमा दुखपिडा , बाधाब्यावधान आईरहेकाे बेला तिनै दिनहरु सम्झन्छु र फेरि ती दिनहरु दाेहाेरिरहे हुन्थ्यो भन्ने कामना गर्दछु । अब ती कामनाहरु फगत पूरा नहुने हुन भन्ने थाहा छ तर पनि कामना गर्न छाेड्दिन ।

मेराे बाबाले मिलाई मिलाई मेराे बालमस्तिष्कलाई भरपुर मनाेरन्जन दिने कथाहरु भनिरहनुहुन्थ्याे । म निकै चाख मानेर निकै शान्त भएर सुन्थे , अब के हाेला ? भन्ने काैतुहलताका साथ कथा सुनिरहन्थे । मैैैैले जति चाख मानेर कथा सुनेकाे भान मेराे बाबालाई हुन्थ्याे त्यतिनै कथालाई जाेडजाम बनाएर लम्ब्याउनु हुन्थ्याे । मराे बाबाले एउटी `परिकाे कथा ´ खुब लम्ब्याएर सुनाउनुभएकाे थियाे । परिकाे रुप र ब्याबहार काे प्रशंसामा निकै धेरै शब्दहरु खर्च गर्नुहुन्थ्यो । उहाँका कथामा रहेका सबै भन्दा महत्त्वपूर्ण र राम्रा शब्दहरु परिकै प्रशंसामै खर्च गर्नुहुन्थ्याे । त्याे बेला उक्त परिकाे लागि मेराे बाबाले खर्चेका ती शब्दहरुले मलाई त्यत्ति प्रभाव पार्दैनथे किन कि म केटाकेटी थिए । मलाई ती शब्दहरुले प्रभाव पार्दैन भन्ने थाहा हुँदै गर्दा पनि मेराे बाबा निरन्तर परिकाे प्रशंसाकाे लागि निकै समय बिताउनुहुन्थ्याे, सायद त्यसमा उहाँकाे आफ्नै स्वार्थ लुकेकाे थियाे हाेला भन्ने अनुमान म अहिले लगाउन सक्छुु।

जब म पाेल्यान्ड चेक रिपब्लिक हुँदै पाेर्चुगल आए , मैैैैले काइसुद्रे देखि आन्जुससम्मकाे दैनिक यात्रा गर्नुपर्ने थियाे। त्याे बेलाकाे मेराे व्यक्तिगत पिडाहरु लेखेर हजुरकाे याे समय निराशाजनक बनाउन चाहिन , यति भनेपछि बुझ्नुस् शुरु शुरुमा हजुरहरुले जस्ताे दुखपिडा भाेग्नुभयाे मैले भाेगेकाे पनि औशत मा त्यस्तै नै हाे । म नया नया भएकाले यहाँ काे मेट्राे प्रयाेग बारे निकै दुबिधा हुन्थ्यो मलाई । सायद यात्राकाे दाेस्राेे दिन हाेला, एउटा ट्रेन छुटिसकेपछि , अर्काे ट्रेनकाे लागि करिब १०-१५ मिनेट जति कुर्नुपर्ने थियाे । चारैतिर नजर घुमाएर हेरे, मैले देखेकाे र चिनेकाे एक जना पनि देख्न सकिन। त्यति बेला काेराेना नभएकाले माक्स कसैले पनि लगाउदैन थिए , यसकाे अर्थ देखेकाे मान्छेलाई सजिलै चिन्न सकिन्थ्यो । म बसेर मेट्राे प्रतीक्षा गरिरहेकाे थिए । मराे आँखा मेट्राे स्टेसनकाे भर्याङ झर्दै गरेकी एक युवतिमा गएर टक्क अडिए। जब उनलाई देखे तब बाल्यकालमा मेरा बाबाले मलाई कथा सुनाउने बेला ` परि ´ काे लागि जुन जुन शब्दहरु खर्चिनुहुन्थ्याे ती शब्दहरु मेराे मानसपटलमा घुम्न थाले , ती शब्दहरु सङ्गै मेराे जवानिमा कुनै राम्रि केटिकाेबारे जे जति प्रशंसा गर्ने शब्दहरु प्रयाेग गर्थे, ती सबै शब्दहरु मेराे मस्तिष्कमा घुम्न थाले। हाे उनी वास्तविक परि जस्तै थिईन , अग्ला अग्ला हिल सङ्गै छाेटाे जिन्सकाे स्कर्ट र राताे निकै कसिलाे टिसर्टमा सजिएकी ती युवती वास्तविक परि जस्तै थिईन् , म केही बेेेर आँखा नझिम्क्याई हेरिरहे । हल्का कर्लि पारिएकाे कपाल , मसिनाे गरि मिलाईएकाे आईब्राे , ती गुलाबी ओठहरुमा लगाएकाे गुलाबी रङ्गकै लाली र हल्का हल्का लगाएकाे मेकअप ले उनलाई निकै राम्री बनाएकाे थियाे ।

उनकाे याैवनले भरिएको शरिरमा अरुपनि निकै प्रशंसा गर्न याेग्य अंगहरुकाे आकार प्रकार र बनावट प्रसस्त थिए , त्यसकाे भरपुर नेत्रभाेजन मैले त गरे तर याे भन्दा बढ्ता हजुरहरुलाई बताउने हिम्मत गरिन , गल्ति भए माफि पाउ ।

उनी पार्चुगलमा शुरुवातिका समयमा आफ्नाे सङ्घर्ष काे चरणमा एक जना हाेइन, दुई- दुईजना नेपाली प्रजातिका मानवरुपि ब्वासाेहरुकाे सिकार भईसकेकि रहिछन् । जाे – जस प्रति पुर्ण आशा , बिश्वास गरी पाेर्चुगल आएकी थिईन् , तिनै मानबरुपि ब्वासाेहरुबाटा यति धिनलाग्दाे , निकृष्ट ब्यवहार हुन्छ भन्ने बारे सायद सपनामा पनि साेचेकी थिईनन् होलिन्। तर, त्यहि कुरा उनलेे एक पटक हाेईन पटक पटक भाेग्न बाध्य भईन्। यसैले रहेछ , नेपाली पुरुष भन्याे कि उनी भित्रकाे घृणाकाे भेल बग्दाे रहेछ ।

उनी जति सुन्दर थिईन, त्यत्ति नै भद्र र शालिन देखिन्थिन् । उनी काे थिईन , कहाँ कि थिईन त्याे मलाई कुनै मतलब थिएन ।तर उनी निकै सुन्दर भएकाले र मेराे फुर्सदिलाेे समय भएकाले म उनलाई हेरिरहेकाे थिए । उनी पनि चारैतिर निकै चतुर्तापुर्वक आँखा डुलाउदै केही खाेजे जस्ताे गरिरहेकि थिईन् , उनकाे याे हेराइले उनी चन्चले पनि छिन् है भन्ने बुझ्न गाह्राे थिएन मलाई । यत्तिकैमा मेट्राे आयाे मान्छेहरु भिडभाड गर्दै मेट्राेका ढाेकाहरु तर्फ दाैडन थाले, म पनि मेट्राेकाे ढाेका तिरै दाैडने मनाेविज्ञानले गर्दा उनलाई हेर्न बिर्सेछु । जब मेट्राे चल्याे तब उनकाे याद आयाे मेरा आखाहरु चारै तिर डुलाए तर दुर्भाग्य मेरा आखाहरुले उनलाई भेट्न सकेनन् । उनलाई देख्न म त्यति आतुर थिईन बस् हेरिरहु न त भन्ने लागेकाे मात्र थियाे । यत्तिकैमा म झर्ने स्टेसन आयाे र म झरे । मेराे निरन्तरकाे यात्रा एउटै थियाे , सायद उनकाे पनि एउटै थियाे हाेला ।

अर्काे दिन पनि त्यसैगरि त्यहि ठाउमा तिनै परि देखा परिन् आज पनि केहिबेर उनलाई नै हेरिरहे , यत्तिकैमा मेट्राे आयाे सबैजना हतार हतार मेट्राे तिरै दाैडे मैले चाहेर पनि उनलाई हेर्न सकिन कता गईन् , कुन ढाेकाबाट पसिन् । त्याे दिन त साैभाग्यबस मेट्राेमा पनि बस्न सिट पाए । जब सिटमा बसेर मेरा आखाहरुले उनलाई नै नियाल्न थाले ,नजरले देख्ने सम्म हेर्दा पनि उनलाई नदेखेर निराश भएका मेरा नजरहरु जब मेरै नजिक कै सिटमा पुगेर राेकिए तब सपना जस्तै लाग्याे । म सङ्गैकाे सिटमा अरु काेहि नभएर जसलाई हेर्न मेरा आखाहरु तड्पिरहेका थिए उनै साक्षात परी बसिरहेकि रहिछिन् । उनले थाहा नपाउने गरि उनलाई हेरिरहे र भगवान् लाई धन्यवाद दिए । मेराे उनी प्रति अरु कुनै स्वार्थ थिएन र त मैले उनीसङ्ग बाेल्ने प्रयास गरिन । केबल मेराे नजर उनलाई मिलेसम्म हेर्न मात्रा चाहान्थे, बस् त्यत्ति नै । उनकाे पाेसाक र शारीरिक साैन्दर्यता हेर्दा लाग्दैन थियाे उनी नेपाली थिइन् । त्याे दिन तिनै परि लाई नजिकै बाट नियाल्दै गन्तव्य सम्म पुग्ने अबसर मिल्याे ।

यसरी हरेक दिनजसाे उनलाई त्यहि यात्रामा भेटि नै रहे, हरेक दिन उनलाई त्यसै गरि हेरि नै रहे । उनी काे हुन् ? , कहाँ कि हुन् ? , नाम के हाे ? आदि ईत्यादि प्रश्नहरु र उनीसङ्गबाट उत्तर पाउने अभिलाषा राखिन , किनकि मैले अघि नै भनिसके उनीसँग मेराे अरु कुनै स्वार्थ , ईच्छा र आकाङ्क्षा थिएन । निरन्तर यात्रा चलिरहेकाे थियाे । जब एक दिन नजिकै भएकाे बेला उनकाे माेबाईलकाे घन्टि बज्याे , फाेन उठाईन् र बाेलिन् , “हेलाे नमस्कार ! के छ ? आराम हुनुहुन्छ ? यत्ति भएपछि उनी काे हुन् ? कहाँ कि हुन् ? यी र यस्तै प्रश्नहरुकाे एकमुष्ट जवाफ प्राप्त भयाे । उनी नेपाली हुन् , नेपालकी एक चेलि हुन् । मलाई गर्व लाग्याे यस्ताे सुन्दर नेपाली युवती देख्न पाएकाेमा । तर मेराे मनमा उनी प्रतिकाे कुनै लाेभलालचना थिएन र आज सम्म पनि छैन र हुनेपनि छैन । राम्रो चिज हेरिरहन मन लाग्ने, राम्राेे कुराकाे प्रशंसा गरिरहन मनलाग्ने, याे चाहिँ मानवीय सामान्य व्याबहार मै पर्छ हाेला, त्यसैले यसलाई अन्यथा नलिउ ।

जब उनी नेपाली हुन् भन्ने थाहा भयो, तब उनीसङ्ग बाेलाै, थप चिनजान गराै भन्ने लागिरहेकाे थियाे। ३-४ दिन सम्म उनीसङ्ग बाेल्ने न त बाहाना मिल्याे, न त अबसर । केही दिनपछि , उनी सङ्ग बाेल्ने प्रयास गरे तर उनले मेराे कुनै वास्ता गरिनन् , यानी उनि मसङ्ग बाेल्नै चाहिनन् । म निकै आश्चर्यमा परे। म चाहिँ कहाँ नेपाली दाजुभाइ भेटुला र मज्जाले अङ्गालेा हालेर दुखसुख पाेखाैला भन्ने लागिरहेकाे थियाे ।तर उनी एक नेपाली भएर अर्काे नेपालीसँग बाेल्ने कष्टसम्म गर्न सकिनन् । मेलै साेचे यस्ताे राम्रो मान्छे सायद रुपकै घमण्ड छ हाेला उनीसङ्ग । त्याे दिन देखि हरेक दिन हाम्राे यात्राकाे क्रममा भेट भईनै रह्याे । अब त मैले पनि लुकीलुकी उनकाे साैन्दर्यता हेर्न छाेडिसकेकाे थिए । उनकाेे साैन्दर्यता भन्दा उनमा भएकाे घमण्ड बढ्ता देखिरहेकाे थिए मैले । एक दिन उनी आफै नै मसँग बाेल्न आईन् , हाम्राेे सामान्य चिनजान भयाे । उनी पनि पाेर्चुगल आएकाे ६-७ महिना भएकाे रहेछ । मेरा पहिलाे परिचय कै बेला किन मसङ्ग बाेल्न गाह्राे मानेकाे ? भन्ने प्रश्न राखे, उनले भनिन “सरि है । यसकाे लामाे कहानि छ , समय मिलेछ र सुन्न चाहनु भएछ भने भनाैला । अन्यथा हजुरले मलाई जसरि बुझ्नुहुन्छ त्यसरि नै बुझ्नुहाेला ।” यति सुनेपछि मनमा निकै काैतुहुलता लाग्याे , त्यस्ताेे के कारण हाेला ? प्रदेशमा एक आफ्नै देशकाे दाजुभाइ भेट्दा पनि बाेल्न गाह्रो मान्नुपर्ने ? यी र यस्तै प्रश्नहरु मनमा खेलिरहेका थिए तर उनलाई यथार्थ बताउन प्रेसर गरिन र उनले पनि बताउने प्रयास गरिनन् । हाम्राे यात्राको क्रममा निरन्तर भेटघाट बाेलचाल भईरहन्थाेे , यहि बिच फेसबुकमा साथि पनि बन्याै । भेटमा बाहेक अघिपछि पनि हाम्राे म्यासेन्जर मा पनि हेलाे-हाई , हुनलाग्यो । मेट्राेकाे यात्रामा सम्भब भए सम्म नजिकै सिटमा बस्थ्याै । कामकाज र कागजि प्रक्रियाकाे बारे दुखसुख आदानप्रदान हुन्थ्याे , उनी र म बिचकाे करिब ३-४ महिनाकाे परिचय , कुराकानी , दुखसुखकाे आदानप्रदानबाट म याे कुरा ढुक्कसँग भन्न सक्ने भए कि , उनी रुपमा जति सुन्दर छिन् , त्याे भन्दा बोली, ब्यवहारमा सुन्दर र नम्र छिन् ।

यस्ताे सुन्दर रुप , नम्र तथा भद्र बोली व्यवहार भएकी एक नारी किन आफ्नै देशका दाजुभाइसँग वाेल्ने कुरामा गाह्रो मान्छिन् होलिन् ? याे प्रश्न मेराे मस्तिष्कमा निरन्तर उठिरहन्थ्याे । उनिसङ्गकाे भेटमा कुरा हुदा वा म्यासेन्जरमा कुरा हुदा यसकाे बारेमा साेधखाेज गर्ने प्रयास सधै गरिरहन्थ्ये तर उनी विभिन्न वाहाना बनाएर याे प्रश्नबाट उम्कने प्रयास गरिरहन्थिन् । एक दिन हामी दुबैले बिदाकाे दिनमा भेटाै न भनेर निकै कर गरिरहेकाे थिए, तर उनी विभिन्न बाहाना बनाएर भेट्ने कुरा अस्विकार गरिरहेकी थिईन्। अेागुल्टाले हानेकाे कुकुर बिजुली चम्किदा तर्सन्छ भने झै सायद उनी पनि भेट्ने र मित्रता बढाउने कुरामा तर्सिरहेकी छिन् कि भन्ने भान मलाई भई नै रहेकाे थियाे।

उनी प्रति मेराे अरु कुनै स्वार्थ नभए पनि एउटा महत्त्वपूर्ण स्वार्थ थियाे कि उनी किन नेपाली पुरुषहरुसँग तर्सिरहेकी छिन्। यसकाे मुख्य कारण के हाे त ? याे थाहा पाउने एक मात्र स्वार्थ थियाे उनीबाट । लामाेे समयकाे मित्रता र मेराे एकाेहाेराे प्रश्न र मसङ्गकाे मित्रताप्रति उनी बिश्वस्त भईन् हाेला र मसँग भेट्न राजी भईन्। हामीले एउटा पार्कमा भेट्ने निधो गर्याे । उक्त भेटप्रति म हाैसिएकाे थिईन , किनकि याे भेट कुनै प्रेम र प्रेमिका बिचकाे डेटिङ थिएन । तर काैतुहुलता चाहिँ थियाे मेराे मनमा ५-६ महिना देेेेखि मनमा खेलिरहेको प्रश्नको जवाफ पाउदै थिए आज ।

ताेकिएकै समयमा ताेकिएकैै पार्कमा उनकाे र मेराे भेट भयाे । हल्का जाडाे बढ्नेक्रम भएकाले पारिलाे घाममा बसेर गफिनुकाे आनन्द छुट्टै हुन्छ । हामी पनि त्यहि बस्याै , उनले व्यागबाट पानीकाे बाेतल निकालिन् र मलाई पानी पिउने भन्दै साेधिन्। मैले भाे नपिउने भनेपछि , उनले एक घुड्की पिईन् र पानीको बोतल पुन ब्यागमा राखिन् । कामकाज र घरपरिवारकाे सन्चाे बिसन्चाे आदानप्रदान भयाे । म बिबाहित र एक सन्तानकाे बाबा भएकाे र उनी अबिबाहित भएकाे कुरा हाम्राे पहिलेकै कुराकानीमा एकअर्कालाई थाहा थियाे ।

उनी ठट्यौली पारामा भन्दै थिईन , “आज बिदाकाे दिन भाउजू सङ्ग धेरैबेर बाेल्ने याेजना थियाे हाेला। मैले गर्दा बेकार भयाे है। ” मैले भने, “हाेेेेईन हाेईन , प्रदेशको ठाउँ आफ्नाे देशका दाजुभाइ दिदिबहिनी भेटघाट हुने दुखपिडा भाेगाई आदानप्रदान गर्ने कुरा पनि त महत्त्वपूर्ण नै हाे नि हैन र ?” उनले भनिन् , ” खै के खै के ?”

अनि मैले के हाे नि तिमिले लामाे कहानी छ भनेकाे? म पनि सुनाै न है , मलाई पनि फाइदा हुन्छ कि , तिम्रो भाेगाईकाे कहानिले ? उनले याे बारेमा कहिल्यै र कसैसँग नभन्ने शर्तमा आफ्नाे कहानी शुरु गरिन्। निकै उत्सुकताका साथ सुन्न शुरु गरेकाे म जब -जब उनी कहानी बतादै जान्छिन्, तब तब छागाबाट खसे झै लाग्थ्याे। शरिरमा काडाहरु जिरिङ्ग फुलेझै लाग्थ्याे। उनी जिबनकाे भाेगाई जति सुनाउदै जान्थिन्, उति मलिन र निराश देखिन्थिन्, तर उनकाे आखाबाट आँसु,रसाएका थिएनन्। उनकाे भाेगाई सुन्दा लाग्थ्यो, सायद उनका आँसु पनि पहिले नै सिद्धिए हाेलान् ।

उनी पार्चुगलमा शुरुवातिका समयमा आफ्नाे सङ्घर्ष काे चरणमा एक जना हाेइन, दुई- दुईजना नेपाली प्रजातिका मानवरुपि ब्वासाेहरुकाे सिकार भईसकेकि रहिछन् । जाे – जस प्रति पुर्ण आशा , बिश्वास गरी पाेर्चुगल आएकी थिईन् , तिनै मानबरुपि ब्वासाेहरुबाटा यति धिनलाग्दाे , निकृष्ट ब्यवहार हुन्छ भन्ने बारे सायद सपनामा पनि साेचेकी थिईनन् होलिन्। तर, त्यहि कुरा उनलेे एक पटक हाेईन पटक पटक भाेग्न बाध्य भईन्। यसैले रहेछ , नेपाली पुरुष भन्याे कि उनी भित्रकाे घृणाकाे भेल बग्दाे रहेछ ।

उनी आफ्नाे सबै कहानी बताउदै थिईन् , याे सबै सुन्दै गर्दा मेराे मुटु छियाछिया भएकाे थियाे, मन मस्तिष्क सिथिल थियो , तर उनी सामान्य नै देखिन्थिन्। सायद उनले याे सबै भाेगेर पचाईसकेकी थिईन् होलिन् ।

यस्ताे सुन्दर, भद्र , शालिन , सुशील एक नारीभित्र यत्ति धेरै पीडा लुकेकाे रहेछ भनेर म कसरी परिकल्पना गर्नसक्थे र ?

क्रमशः …

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार