काठमाडौँ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि पुन: मतदान हुने भएकाे छ।
पहिलाे चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकाे हुनाले दाेस्राे चरणमा मतदान हुन लागेकाे हाे ।
निर्वाचन समितिले दाेस्राे चरणकाे मतदान आजै गर्ने तयारी गरेकाे छ । समितिले केहीबेरमै यसकाे बारेमा निष्कर्ष निकाल्ने बताएकाे छ ।
पहिलाे चरणकाे मतदानमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले दुई हजार २५८ मत पाउँदा शेखर काेइरालाले एक हजार ७२९ मत प्राप्त गरे ।
यसैगरी विमलेन्द्र निधिले २४९ भाेट ल्याउँदा प्रकाशमान सिंहले ३७१ र कल्याण गुरुङले २० भाेट ल्याए ।
७७ भाेट बदर भएकाे निर्वाचन समितिले जनाएकाे छ ।