८३ भोट नपुग्दा देउवा सभापति बन्नबाट चुके !

काठमाडौं।

नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मत गणना सम्पन्न भएको छ।

पछिल्लो परिणाम अनुसार सभापतिका प्रत्यासी शेरबहादुर देउवाले २२ सय ५८ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १७ सय २९ मत पाए।

कुनै पनि प्रतिस्पर्धीले ५१ प्रतिशत मत नल्याएकाले विधान अनुसार सभापतिका लागि पुनः मतदान हुने भएकमो छ। देउवालाई पहिलो चरणबाटै सभापति बन्न ८३ मत अपुग भएको छ।

सभापतिका अन्य प्रतिस्पर्धी प्रकाशमान सिंहले ३७१ मत ल्याउँदा विमलेन्द्र निधिले २४९ तथा कल्याण गुरुङले २० मत पाए।

विधान अनुसार दोस्रो चरणमा अब शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार