कसरि हुदैछ काँग्रेसको १४ औं महाधिवेशन ?

काठमाडौँ।

नेपाली काँग्रेस १४ औं महाधिवेशनको अन्तिम तयारीमा छ । भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको काँग्रेसले मंसिर २० सम्म प्रदेश अधिवेशन पनि सम्पन्न गरेको छ । प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशन गर्ने गरी स्थगित गरिएको छ । प्रदेश अधिवेशन गरेर काँग्रेस नेताहरु काठमाडौं फर्किएका छन् ।

काँग्रेसले काठमाडौंको भृकुटीमण्डपमा यही मंसिर २४ गतेदेखि २७ गतेसम्म महाधिवेशन गर्दैछ । महाधिवेशनका मतदाता (महाधिवेशन प्रतिनिधि)को इन्ट्री भने २१ गतेबाटै सुरु हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ ।

मतदाता नामावली प्रकाशन भने मंसिर २४ गते विहान १० बजे हुने छ । सोही दिन दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुने कार्यक्रम छ । मंसिर २५ गते विहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।

मनोनयन पत्रमाथि पर्ने दाबी विरोध, दर्ता गर्ने र जाँचबुझ गर्ने समय मंसिर २६ गते विहान ८ बजेदेखि १० बजेसम्म रहेको छ । त्यस उपरको निर्णय मंसिर २६ गते विहान १० बजेदेखि १२ बजेसम्म रहेको छ ।

उम्मेदवारको नामावली प्रकाशन गर्ने समय सोही दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्म रहेको छ । मनोनयन फिर्ता लिने समय २६ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म राखिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोही दिन अपरान्ह ५ बजेसम्म छ । मतदानको समय २७ गते विहान ८ बजेबाट सुरु हुने छ ।

मतदानका लागि भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र पुलिस क्लबमा मतदान स्थल बनाइनेछ । २९ वटा मतपत्रमा मतदान गर्न एक जनालाई मतदान गर्न १ घण्टा समय लाग्ने छ । १३ औं महाधिवेशनमा ९ प्रकारका मतपत्र थिए भने यसपटक २९ प्रकारका रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार