लिस्बन।
नेपाली नारी समाज पोर्तुगलद्वारा दुई हप्ते शुशी तालीम आइतबार सम्पन्न भएको छ ।
लिस्वनको शुशी सिटि रेस्टुरेन्टमा आयोजना गरिएको तालिममा २३ जनाको सहभागिता रहेको थियो । दुई हप्ते शुशी तालिम निकै महत्त्वपूर्ण र अर्थपूर्ण रहेको प्रशिक्षार्थीहरुले बताएका छन् । थोरै समयमै धेरै सिकिएको प्रशिक्षार्थी बिन्दु कंडेलले बताईन् ।
नारी समाजले बार्षिक रूपमा नारीहरुको हकहित र क्षमता विकासका लागि गर्ने यस्ता खालका तालिमहरुले नारीहरुको प्रोत्साहनको लागि उत्कृष्ट भूमिका निर्वाह गरेको प्रशिक्षार्थी जानकी लामाले बताइन् ।
समाजले बार्षिक कार्यक्रम अन्तर्गत यसवर्ष शुशी तालिमको आयोजना गरेको हो ।
२० नोभेम्बरबाट शुरु भएको तालिम दुई समुहमा दिइएको थियो । तालिममा अन्जन आले मगरले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रम कार्यबाहक अध्यक्ष प्रितु लामाको अध्यक्षतामा भएको हो ।