लिस्बन।
पोर्चुगल सरकारले १ जनवरी २०२२ बाट लागु हुनेगरी न्युनतम तलब वृद्धि गरेको छ। सरकारले न्युनतम मासिक तलब वृद्धि गर्दै नयाँ तलब ७०५ युरो पुर्याएको छ।
मन्त्रिपरिषद्को बैठकले सो तलब वृद्धि स्वीकृत गरेको हो। मन्त्रिपरिषदको बैठकमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री आना म्यन्देज गोदिन्होले पोर्चुगल सरकाले सन् २०१५ मा मा नै गरेको निर्णयको आधारमा २०२२का लागि न्युनतम तलब वृद्धि ७०५ युरो बनाईएको बताइन्।
मन्त्रिपरिषदको सो बैठकमा सरकारले २०२३ को लागि न्युनतम तलब ७५० युरो बनाइने समेत जानकारी दिईएको थियो।
त्यस्तै सो तलब वृद्धिमा सरकारको बिशेष अनुदानमा पर्ने कम्पनीहरुलाई सरकारले प्रति कामदार ११२ युरो सहयोग गर्ने समेत जनाएको छ।