१०० देखि ५०० युरोमा नक्कली कोभिड सर्टिफिकेट छ्यापछ्याप्ती, न्यायिक प्रहरी अनुसन्धान गर्दै !

लिस्बन।

नक्कली नक्कली कोभिड सर्टिफिकेट बजारमा छ्याप्छ्याप्ती भेटिएपछि पोर्चुगलको न्यायिक प्रहरीले अनुसन्धान शुरु गरेको छ।

यस्ता नक्कली सर्टिफिकेट बजारमा १०० युरोदेखी ५०० युरोसम्म दस्तुर लिएर बन्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न गएको छ।

कोभिड संक्रमण बढ्दै जादा र प्रायः सबैठाउँमा कोभिड सर्टिफिकेट अनिवार्य भएपछि बजारमा नक्कली सर्टिफिकेट भेटिन थालेको हो।

बिशेष गरी जर्मनी, अष्ट्रिया, इटाली, र अन्य युरोपियन देशहरुबाट आउने यात्रुहरुले नक्कली कोभिड सर्टिफिकेट बनाउने गरेको अनुसन्धानबाट खुलेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार