लिस्बन।
पोर्चुगलमा मादक पदार्थ सेवन गरि इलेक्ट्रिक स्कुटर चलाउने २१ जना प्रहरी कारवाहीमा परेका छन्।
पीएसपी प्रहरीका अनुसार यो बर्षमा अहिलेसम्म २१ जना कारवाहीमा परेका हुन्।
पोर्चुगलको राजधानी लिस्बनमा बोल्ट, उवर, लाइम, बुङ्गो, फ्ल्यास, हाइभ, लोमो, टिएर , वोई र विन्ड आदि कम्पनीले इलेक्ट्रिक स्कुटर सेवा प्रदान गरेका छन्। यसबाहेक मानिसहरुले बजारबाट समेत निजि स्वामित्वका लागि इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्दछन।
इलेक्ट्रिक स्कुटरले पर्यटन विकासमा ठुलो योगदान दिएको महानगरपालिकाको ठहर छ , तेरा प्रयोगकर्ताले सहि तरिकाले प्रयोग नगरेका कारण कयौ दुर्घटना भएको सुरक्षा अधिकारिहरु बताउछन।
इलेक्ट्रिक स्कुटरले मोटरगाडीसंगै एउटै सडक शेयर गर्ने भएकोले उनीहरुको हकमा पनि ट्राफिक नियम पूर्णरुपमा लागु हुने जीएनआर प्रहरीले जनाएको छ।
मादक पदार्थ सेवान गरि इलेक्ट्रिक स्कुटर चलाउदा दुर्घटनाको अधिक सम्भावना भएकोले बोल्ट कम्पनीले मादक पदार्थ सेवन गरेनगरेको जांच गर्ने एक नयाँ खेल प्रबिधि ल्याएको छ। बोल्टमा यो प्रबिधि मध्यरातदेखि बिहान ६ बजेसम्म लागु गरिएको छ।
१.२ ग्राम प्रति लिटर वा सो भन्दा बढी मादक पदार्थ सेवन गरि इलेक्ट्रिक स्कुटर चलाउन कानुनतः बन्देज गरिएको छ। यो नियम उल्लङ्घन गर्ने जोकोहीलाई सुरक्षा अधिकारीहरुले ट्राफिक कानुन अन्तर्गत कारवाही गर्न सक्नेछन।