कोभिड परिक्षण रिपोर्ट बिना लिस्बन एयरपोर्टमा ओर्लने २० यात्रुलाई जनही ३०० युरो जरीवाना, एयरलाइन्सलाई २० हजार युरो तिराईयो !

लिस्बन।

कोभिड परिक्षण रिपोर्ट बिना लिस्बन एयरपोर्टमा ओर्लने २० यात्रुलाई जरिवाना भएको छ।

पोर्चुगल कोरोना संक्रमण बढेसंगै सरकारले कोरोना रोकथामको उपायहरुको अवलम्बन गर्दै डिसेम्बर १ तारिखबाट लागू हुनेगरी पोर्चुगल प्रवेश गर्ने हरेक व्यक्तिले अनिवार्य कोभिड परिक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम बनाएको छ। सरकारको यो कानुनको अवज्ञा गर्ने व्यक्तिलाई कम्तिमा ३०० देखि बढीमा ८०० युरोसम्म जरिवाना हुने र यात्रु बोक्ने एयरलाइन्सलाई प्रतिव्यक्ति २० हजार युरो जरिवाना हुने कडा नियम छ।

लिस्बन एयरपोर्टमा रहेका सुरक्षा अधिकारीहरुले कोरोना परिक्षणको रिपोर्ट नलिई आएका २० जना यात्रुहरुलाई जनही ३०० युरो जरिवाना गरेका छन् भने एयरलाइन्सलाई २० हजार युरो जरिवाना गरिएको छ। सुरक्षा अधिकारीहरुले यात्रुहरु कुन देशका थिए र कुन एयरलाइन्स मार्फत आएका थिए भन्ने बारेमा केही खुलाएको छैन।

कोरोना परिक्षण रिपोर्ट बिना लिस्बन एयरपोर्ट उत्रिएका सबैको कोरोना परिक्षण समेत गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार