अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरीयन्ट पोर्चुगल भित्रियो: ९ जना संक्रमित फेला, भ्याक्सिनको प्रभावकारिताबारे बैज्ञानिकहरु नै अन्यौलमा !

लिस्बन।

अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरीयन्ट पोर्चुगलमा समेत भित्रिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। महानिर्देशनालयका अनुसार हालसम्म उक्त भेरीयन्टका ९ जना बिरामी पोर्चुगलमा फेला परेका छन्।

B.1.1.529 नाम दिईएको उक्त भेरीयन्ट अहिलेसम्मकै सबैभन्दा खतरनाक रहेको बैज्ञानिकहरुले बताएका छन्। कोरोना बिरुद्धको खोप उक्त भेरीयन्टबिरुद्द कतिको प्रभावकारिता छ भन्ने बिषयमा समेत बैज्ञानिकहरु अन्यौलमा रहेका छन्। कोरोनाको यो खतरनाक भेरीयन्ट ११ नोभेम्बरमा पहिलोपटक दक्षिण अफ्रिकामा देखिएको थियो।

पोर्चुगलमा कोरोनाका संक्रमितहरु बढेसंगै सरकारले स्वास्थ्य कानुन परिवर्तन गर्दै कडा कानुनहरु लागू गर्ने निर्यण गरेको छ।

यसैबिच युरोपका कयौ देशहरुले अफ्रिकी मुलुकहरुसंगको यात्रा प्रतिबन्ध गरेका छन्। बेलायत, इटाली, जर्मनीले अफ्रिकाका अधिकांस देशहरुसंग यात्रा प्रतिबन्ध गरिसकेका छन्। युरोपियन युनियनले समेत दक्षिण अफ्रिकासंग हवाई यात्रा प्रतिबन्ध गर्न प्रस्ताव गरेको छ।

त्यस्तै एसियाली देशहरु सिंगापुर र जापानले समेत अफ्रिकासंग हवाई यात्रा प्रतिबन्ध लगाएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार