अवैध रूपमा युरोप प्रवेश गर्ने क्रममा ५ जना नेपालीको ज्यान गयो , एकको अवस्था चिन्ताजनक !

लन्डन ।

अवैध रूपमा टर्कीको बाटो हुदै युरोप प्रवेश गर्ने क्रममा टर्की र ग्रीसको उत्तरी सीमा नजिकै भएको एक दुर्घटनामा ५ जना नेपालीको ज्यान गएको छ।

उक्त घटनामा मृत्यु भएका ५ नेपालीमध्ये तीन जनाको पहिचान खुलेको छ। मृत्यु हुनेहरुमा लक्ष्मण सापकोटा, लोकनाथ आचार्य र ओम मगर छन्। बाँकी दुई जनाको पहिचान खुलेको छैन।

दूर्घटनामा घाइते भएकी एक नेपाली चेलीको अवस्था चिन्ताजनक रहेको छ। घाइते भएकी शर्मिला घले तामाङको सीमा नजिकैको एक अस्पतालमा उपचार भइरहेको छ।

गत शुक्रबार गैरकानुनी रुपमा टर्कीबाट युरोपेली देश ग्रीस प्रवेश गर्ने क्रममा ५ नेपालीको दुःखद निधन भएको थियो।

यसअघि ग्रीस प्रहरीले १५ जना आप्रवासी बाकेर उत्तरपूर्वी सीमा नजिकै थेसालोनिकी शहरतर्फको राजमार्गमा शुक्रबार द्रुतगतिमा कुदेको गाडी दुर्घटनाग्रस्त भएको जानकारी दिएको थियो।

ग्रीस प्रहरीका अनुसार दूर्घटनाग्रस्त गाडीको चालक एक माल्दोभन थिए। राजमार्गमा पुलिसको पेट्रोलिङबाट बच्न उनले तीब्र गतिमा गाडी हाकेका थिए। प्रहरीले गाडीको पिछा गर्दा दूर्घटना भएको थियो।

मध्यपूर्वबाट युरोप प्रवेश गर्ने सजिलो नाकाको रूपमा ग्रीसलाई लिने गरिन्छ। एसिया र मध्यपूर्वी देशका आप्रवासीहरू युरोप छिर्न टर्की र ग्रीसबीचको सिमानामा रहेको इभ्रोस नदी पार गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार