कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचन : अछाम क्षेत्र नंं १ मा खसेको भन्दा १८ मत बढी फेला !

अछाम ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अछामको निर्वाचन क्षेत्र नं. १ मा खसेको मत भन्दा १८ मत बढी भेटिएको छ ।

७ सय ६४ मतदाता रहेको निर्वाचन क्षेत्र नं. १ मा ७ सय ४७ मत खसेकोमा ७ सय ६५ मत पत्र भेटिएको हो ।

अब के गर्ने भन्ने बिषयमा छलफल भइरहेको निर्वाचन अधिकृत गणेश प्रसाद ढुंगानाले बताउनुभयो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अछाममा दुवै निर्वाचन क्षेत्रमा चुनाव सकिएर मतगणना भइरहेको छ ।

प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार