लिस्बन।
गणतन्त्र पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो दे सौसाले सडकमा मास्कको अनिवार्य प्रयोगलाई पुनर्स्थापित गरिनुपर्ने कुराको बचाउ गरेका छन्।
लिस्बनको टिएट्रो म्युनिसिपल साओ लुइजमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति मर्सेलोले सो कुरा बताएका हुन्।
पोर्चुगलमा कोरोना संक्रमणमा निरन्तर वृद्धि भईरहेको र कोरोनाको पाँचौ लहरको संकेत भएकोले बचाउको उपायहरुमा सडकमा मास्कको अनिवार्य प्रयोग फेरि सुरु गर्नुपर्ने कुरामा जोड दिएका हुन्।
त्यस्तै प्रधानमन्त्री एन्टोनियो कोस्टाले पोर्चुगलमा कोभिड-१९ को अवस्थाका सम्बन्धमा लिस्बनस्थित इन्फार्मडको अडिटोरियममा विशेषज्ञहरूसंग छलफल समेत गरेका छन्।