अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै, प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने

काठमाडैं ।

दक्षिण तथा मध्य-एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आगामी बुधबार नेपाल भ्रमणमा आउने भएका छन् ।

सहायक मन्त्री लू नोभेम्बर १७ मा काठमाडौ आउन लागेको अमेरिकी स्टेट डिपार्टमेन्टले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

काठमाडौंमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितका अन्य शीर्षस्थ नेताहरुलाई भेट गर्ने भएका छन् । उनी नोभेम्बर १५ मा माल्दिभ्स पुग्ने पु्ग्ने जनाइएको छ । उनले त्यहाँ विदेशमन्त्री अहमद खलिललाई भेट्ने कार्यक्रम छ । उनी मालेको भ्रमण पुरा गरी उनी त्यहाँबाट काठमाडौं आउन लागेको उल्लेख छ ।

अमेरिकाले एमसीसी संसदबाट अनुमोदन हुन नसकेको र दलहरुबीच मतैक्य हुन नसकिरहेको बेला आफ्ना कूटनीतिज्ञलाई नेपाल पठाउन लागेको हो । यस्तै सहायक मन्त्री लूको काठमाडौं भ्रमणको क्रममा नेपालमा संचालित अमेरिकी परियोजनाहरुबारे समेत द्धिपक्षीय छलफल हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार