स्वास्थ्य र शिक्षामा आर्थिक सहयाेग जुटाउन राष्ट्रपतिकाे विमान बिक्री

काठमाण्डाै |

पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले आफ्नो विमान बेचेर स्वास्थ्य र शिक्षाका लागि खर्च गर्ने बताउनुभएको छ ।

आफू निर्वाचित भएको एक सय दिन पूरा भएको अवसरमा सम्बोधन गर्दै उहाँले आफूले प्रयाेग गर्दै आउनुभएकाे विमान बेचेर त्यसको रकम शिक्षा र स्वास्थ्यका लागि खर्च गर्ने बताउनुभएको बिबिसीले जनाएको छ । उहाँले सरकारी अधिकारीहरूलाई प्रथम श्रेणीको उडानमा प्रतिबन्ध लगाउने पनि बताउनुभएको छ ।

गएको जुनमा पेड्रो कास्टिलो झिनो अन्तरले निर्वाचित हुनुभएको थियो ।

पुरानो बोइङ विमान बेच्न त्यति सहज भने हुने छैन, पूर्वराष्ट्रपति एलन गार्सियाले यो विमान दुई पटक लिलामी गर्ने प्रयास गर्नुभयो तर उहाँ असफल हुनु भयो ।

पुरानो विमान बिक्रीका लागि प्रस्ताव गरिएको मूल्य दुई अर्ब २० करोडका कारण पनि सहजै बिक्री नहुने बताइएको छ ।

यसअघि पूर्वराष्ट्रपति अबलेर्टाे फुजीमोरीले प्रयोग गर्नुभएको विमान अहिले बिकेको खण्डमा यसको लाभ बालबालिकाको स्वास्थ्य र शिक्षामा जानेछ ।

पेरुको स्वास्थ्य सेवा कोरोना भाइरस महामारीका कारण कठिन अवस्थामा सङ्घर्ष गरिरहेको छ । यस वर्षको सुरुवातमा जनसङ्ख्याको अनुपातमा पेरुमा कोरोना भाइरसबाट ज्यान गुमाउने दर उच्च रहेको थियो ।

आफ्नो सम्बोधनमा राष्ट्रपति कास्टिलोले आउँदो डिसेम्बरमा १ मा न्युनतम ज्यालामा सात दशमलव पाँच प्रतिशत बढाउने घोषणा पनि गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार