लिस्बन।
युरोपको समय अनुसार अधिकांस देशहरुमा आज घडी एक घण्टा पछाडी सर्ने भएको छ। पोर्चुगलमा पनि यही नियम लागू हुनेछ।
आज अक्टुवर ३१ तारिख आइतवार रातको २ बजे समय एक घण्टा पछाडी सरेर एक बज्नेछ। डिजिटल प्रविधिका अटोमेटिक घडीहरू र समय देखाउने मेसिनहरुमा स्वतः समय परिवर्तन हुनेछ भने म्यानुअल घडी र यन्त्रहरुमा प्रयोगकर्ताहरुले समय एक घण्टा पछाडी सार्नुपर्नेछ।
युरोपका अधिकांस देशहरुमा बर्षको दुई पटक समय परिवर्तन हुन्छ। हरेक बर्ष मार्चको अन्तिम आइतवार समय एक घण्टा अगाडी सर्छ। यसको मतलव रातको एक बजे घडी एक घण्टा बढेर २ बज्दछ।
त्यस्तै हरेक अक्टोबरको अन्तिम आइतवार रातको २ बजे एक घण्टा समय घटेर घडी पुरानै समयमै आउदछ , अर्थात् रातको दुई बजे घडीको सुई एक घण्टा पछाडी फर्केर एक बज्दछ।
तपाईहरु म्यानुअल घडी प्रयोग गर्नुहुन्छ भने आज रातको दुई बजे घडी एक घण्टा घटाएर १ बजे बनाउन नबिर्सिनुस् है , नत्र भोली काममा एक घण्टा पहिले नै पुगेर ढोकामा कुरेर बस्नुपर्ला नि ?