नेपाल बारमा हड्ताल : आइतबारदेखि कालो पट्टि बाँधेर धर्नामा बस्ने

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट राजीनामा नदिएपछि नेपाल बार एसोसिएसन आइबारदेखि कालोपट्टि बाँधेर धर्नामा बस्ने भएको छ ।

शुक्रबार नेपाल बारको केन्द्रीय कार्यसमिति बैठकले आगामी बुधबारसम्म कालोपट्टि बाँधेर धर्ना दिने निर्णय गरेको हो ।

नेपाल बारको बैठकले न्यायालय शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्षसहित इजलास नतोक्न आग्रह गरिएको छ ।

बारको बैठकले आन्दोलनको रणनीति भने आइतबार बनाउने भएको पनि निर्णय गरेको छ । देशैभरका ९० वटा इकाइसँग भर्चुअल अन्तरक्रियामार्फत धर्नाका कार्यक्रमहरुलाई व्यापक बनाइने भनिएको छ ।

यदि आइतबारदेखि थालिएको धर्नाले बुधबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआए नेपाल बारले आन्दोलनको अर्काे नयाँ रुप लिने पनि भनिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार