काठमाडौँ।
नेपाल सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतका लागि शंकर शर्मा, अमेरिका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।
शर्मा अमेरिकाका लागि पूर्वराजदूत हुन् भने आचार्य पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्र संघका लागि न्यूर्योकस्थित नियोग प्रमुख थिए ।
प्राध्यापक खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका र नेपाल तथा एसियाली अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक थिए ।
अब सरकारले संसदीय सुनुवाइका लागि पठाउने छ ।
सुनुवाइपछि सम्बन्धित देशमा एग्रिमोका लागि पठाउने र त्यसपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक प्रावधान छ ।