नेपाली मुलकी सुमन बेलायतमा काउन्सिलर पदकी उम्मेदवार !

लण्डन ।

बेलायतमा नेपाली मुलकी चेली सुमन पुनले आउँदो मे महिनामा हुने स्थानीय निर्वाचनमा काउन्सिलर पदमा उम्मेदवारी दिएकी छिन् ।

अल्डरसट निवासी पुनले स्थानीय निर्वाचनमा कञ्जरभेटिभ पार्टीबाट रसमुर बरो काउन्सिलको चेरीउड वडाबाट काउन्सिलरको टिकट प्राप्त गर्न सफल भएकी हुन् ।

२०१९ देखि कञ्जरभेटिभ पार्टीबाट राजनीति शुरू गरेकी उनी पूर्व गोरखा सैनिककी श्रीमती समेत रहेकी उनले पार्टीमा डाइभरसिटी समूहको उपाध्यक्ष र व्यापार उद्यम समूहकी अध्यक्षको रुपमा काम गरिरहेकी छन् । आफूले पार्टी र समाजको निम्ती पुर्याएको योगदानको कदर हुँदै टिकट पाएकोमा उनले हौसला मिलेको बताइन् ।

” महिला नेतृत्वको निम्ती अघि बढ्न खोजेकी छु, आशा छ सबैको साथ सुझाव सल्लाह पाउनेछु ।’ उनले भनिन्।

सुमनले लिडरसीप म्यानेजमेण्टमा एमएस्सी गरेकी छन्, भने मान ट्राभल एण्ड टूर सर्भिसको प्रबन्ध निर्देशक तथा सात वर्षदेखि गोरखा सर्भिसेज लाइफ केयर म्यानेजमेण्टको पनि संस्थापक निर्देशकको रुपमा काम गरिरहेकी छिन् ।

बेलायतमा नेपाली कला संस्कृतिलाई फैलाउन भूमिका खेलिरहेकी उनले केही समयअघि युकेका नेपाली कलाकारहरुले देशप्रेमले भरिएको म्यूजिक भिडियो पनि बनाउने काममा समेत हात हालेकी थिइन् ।

बेलायतमा नेपाली मूलका काउन्सिलरहरु थपिँदै गए पनि महिला काउन्सिलरहरुको संख्या भने न्यून छन् । उनले आफूले बेलायतमा रहेका नेपाली महिलाहरुको प्रतिनिधित्व गर्दै यहाँको राष्ट्रिय राजनीतिको बाटोमा हिडेको भन्दै यस कार्यमा साथ दिन आग्रह गरिन् । -लन्डन नेपाल न्युजको सहयोगमा

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार