तीन युवतीको सामूहिक बलात्कार: ६ जना अभियुक्त सार्वजनिक

सिन्धुली।

सिन्धुली प्रहरीले तीन युवतीको सामूहिक बलात्कार गरेको आरोपमा ६ जना अभियुक्तलाई गिरफ्तार गरी सार्वजनिक गरेको छ ।

गत असोज ३० गते दशैंको समयमा सिन्धुलीको कमलामाई नगरपालिका–५ स्थित लव्दाहाखोला स्थित बगरमा ललाई फकाई ती युवतीमाथि सामूहिक बलात्कार भएको थियो । प्रहरीले उनीहरुसँगै अभियुक्त भगाउन सहयोग गर्ने ६ जना आफन्त, एक जीप तथा दुईवटा मोटर साइकल समेत पक्राउ गरी कार्वाही चलाएको छ ।

सो घटनामा संलग्न विवेक मगर, शिव मगर र हेम लामालाई घटनास्थलबाटै पक्राउ गरिएको थियो भने दीपक मगर, अर्जुृन मगर ,धनबहादुर मगर र मिलन लामालाई महोतरीको बर्दिबासबाट पक्राउ गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार