मानिके मगे हिथेबाट रातारात भाईरल भएकी श्रीलंकाकी गायिका योहानी

गीत र संगीतको कुनै दायरा हुदैन । भाषा होईन, त्यसलाई प्रस्तुत गर्ने तरिका मिठो भयो भने हरेकको मन मस्तिष्कमा कसरी त्यो बस्छ भन्ने उदाहरण बनेको छ, ‘मानिके मगे हिथे’ गीत ।

श्रीलंकाकी गायिका योहानी यही गीतका कारण रातारात भाईरल भएकी छन् । समुन्द्र पारी रहेको यो गीतको प्रभाव केही दिनमै यति व्यापक भयो कि भारतमा समेत यसले उधुम मचायो । र भारतपछि यो नेपाली संगीतका पारखीहरुका माझ पनि केही दिनमै लोकप्रिय भईसकेको छ ।

रिलिज भएको केही समयमै ‘मानिके मगे हिथे’ युट्युबमा १६ करोडभन्दा बढीले हेरिसकेका छन् । ट्रेडिङमा आउन सफल यो चर्चित गीत श्रीलंकाकी गायिका रर्यापर योहानी डिलोका डिसिल्भाले गाएकी हुन्। उनको चर्चा यतिमै सिमित हुदैन, उनको ‘मानिके मगे हिथे’ गीतको हिन्दी भर्सन इंद्र कुमारको निर्देशनमा निर्माण भईरहेको अजय देवगनको फिल्म थ्यांक गडमा समावेश हुने भएको छ ।

योहानीले हिन्दीमा यो गीत गाउने सम्झौता भईसकेको छ । यही गीत मार्फत योहानीले बलिउड बलिउडमा डेब्यु गर्ने भएकी छन्। थ्यांक गडुमा अजय देवगन, सिद्धार्थ मल्होत्रा र राकुल प्रीत सिंह मुख्य भूमिकामा देखिने छन्। स्पोटिफाइ, एप्पल म्युजिक लगायत विभिन्न प्लाटफर्ममा नम्बर एक बन्न सफल ‘मानिके मगे हिथे’ युट्युब म्युजिकको पाँचौ स्थानमा पर्न सफल भएको थियो।

२२ मे २०२१ मा सार्वजनिक यो गीत श्रीलंकाको सिन्हाली भाषाामा सार्वजनिक भएको हो। एक जना ग्रामीण युवतीको गाउँले युवाप्रतिको आकर्षणलाई गीतमा प्रस्तुत गरिएको छ। चमक संगीथको संगीतमा बनेको गीतको ओरिजिनल भर्सनमा सथिशन रत्नायकको स्वर छ।

तर यो गीतमा जब योहानीको स्वर मिसियो यसले संसारभरका दर्शकको मन जित्यो। सर्वसाधारणदेखि विभिन्न नाम चलेका गायक गायिका योहानीकै भर्सन संसारभरका दर्जनौं भाषामा गाए। यही गीतको तालमा नृत्य भिडिओ बनाए। सामाजिक सञ्जाल भाइरल यो गीत भारतमा विशेष लोकप्रिय बन्यो। यो गीत भारतका हिंदी, तमिल, मलयालम, बंगलालगायत भाषामा गाइसकिएको छ। यही गीतका कारण योहानी भारतको चर्चित रियालिटी सो बिग बोसमा पनि देखिईन ।

उनले बीग बोसमा यो गीत गाईन । उनलाई साथ दिदै सलमान खानले गाउने कोसिस त गरे । तर सकेनन । मेलोडियस संगीत र मधुर स्वरको ‘मानिके मगे हिथे’ चल्नुमा २८ वर्षीया योहानीको सौन्दर्यले पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको छ। थ्यांक गड फिल्ममा समावेश हुने ‘मानिके मगे हिथे’को हिन्दी भर्सनलाई संगीतकार तनिष्क बागचीले संगीत दिने बलिउड हंगामाले जनाएको छ।

गायिका योहानीको जन्म श्रीलंकाको राजधानी कोलम्बोमा ३० जुलाई, १९९३ मा भएको हो। सन् २०१६ बाट युट्युबरका रुपमा सक्रिय भएकी उनले श्रीलंकामा ‘र्याप प्रिन्सेज’ को उपाधि पाएकी छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार