पुष्पराज जोशी/ लेकुडा, डडेल्धुरा
चाहाना पुरा हुदैन कहिल्यै ,आफ्नै घरमा बसेर।
छौ होला र खुसी तिमी?, अर्कैको थरमा बसेर।।
नदि पनि त बगिरहन्छ एकनास, समुन्द्र भेट्न
बालुवाले गरेन गुनासो कहिल्यै, बगरमा बसेर।।
संसार सुन्दर देख्न, मन पनि सुन्दर हुनुपर्छ,
प्रिय बन्न सकिदैन, सबैको नजरमा बसेर।।
चाडपर्व आउँदा छैन उमङ्ग, बिरानो ठाउँमा
हरपल सुन्दर गाउँ सम्झिन्छु,शहरमा बसेर।।
आफ्नै सिद्धान्तमा जोगी हुनुमा छ आनन्द
मिल्दैन सन्तुष्टी कुनै दयाको अवसरमा बसेर।।