नेपालमा कोरोना : ६ हजार ९३१ नमुना परीक्षणमा ५१३ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ९३१ नमुना परीक्षणमा ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ५१३ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख २ हजार ४४४ पुगेको छ ।

त्यसैगरी आज निको भएका ८१७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ८६ हजार ६३० रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ करोड ५२ लाख ३ हजार ५८५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या ८६ लाख ५ हजार ५५ रहेको छ भने दुवै मात्रा खोप लगाउनेको संख्या ६५ लाख ९८ हजार ५३० पुगेको छ । नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, जापानीज ऐष्ट्राजेनेका र स्वीडिस ऐस्ट्राजेनिका नामक खोप लगाइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार