बेलायती सांसदको धारिलो हतियार प्रहार गरी हत्या !

लण्डन ।

बेलायती सांसद सर डेभिड अमेसको हत्या भएको छ ।

उनको शुक्रबार एसेक्सस्थित लिग अन सीमा आतंकवादी हमलामा हत्या भएको हो ।

बेलायती प्रहरीले हमलालाई आतंकवादीबाट भएको निष्कर्ष निकालेको छ ।

उनलाई पटक पटक धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

हत्यामा २५ वर्षीय बेलायती नागरिक संलग्न भएको पत्ता लागेको छ । उनलाई पक्राउ गरी अनुसन्धान बढाइएको जनाइएको छ ।

६९ वर्षीय सर डेभिड साउथेन्ड वेष्टबाट बेलायतको संसदमा प्रतिनिधित्व गर्थे । उनकी पत्नी र पाँच सन्तान छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार