लिस्वन ।
नेपाली एकता समाजको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा मगर संघ पोर्चुगल बिजयी भएको छ।
प्रतियोगिताको उपाधि चुमेको मगर संघले एक हजार युरो नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
अलेन्तेजोस्थित साउमिगलमा भएको मैत्रीपूर्ण भलिवल प्रतियोगिताको आयोजक नेपाली एकता समाज टिम दोस्रो भएको छ ।
उप-बिजेता भएको सो टिमले पाँच सय युरो नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
उक्त प्रतियोगितामा पोर्चुगलका १३ वटा भलिबल टिम सहभागि भएका थिए ।