कैलाली ।
दुई वर्षअघिको पहिरोबाट विस्थापित भएका कैलालीको चुरे गाउँपालिकाका पीडितको व्यवस्थापनमा सरकारले चासो नदिँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।
पहिरोका कारण घरबार विहीन भएका उनीहरूको अहिले पनि सडक र जंगलमै बास भएको छ ।
मापदण्ड विपरीत भौतिक संरचनाको निर्माण तथा जथाभावी सडक खनिँदा अहिलेको अवस्था आएको विस्थापित कमल बहादुर र गंगामाया थापा बताउँछन् । आफूहरू बसिaरहेको स्थान पनि पहिरोको उच्च जोखिममा रहेका उनीहरूको गुनासो छ ।
पहिरोले बस्तीमा बस्न नसक्ने अवस्थामा पुगेका विस्थापित घरबारविहीन बन्दै गएका छन् । गाउँमा बस्न सक्ने अवस्था नभएपछि केहि सडकमै छन् ।
पहिरो प्रभावित परिवारलाई अहिले दैनिक छाक टार्नसमेत समस्या भएको विस्थापित वडा नम्बर ५ वडाध्यक्ष नरबहादुर तामाङ बताउनुहुन्छ ।
गतवर्ष आएको पहिरोका कारण सो क्षेत्रको पट्रेनि र गुणिका ३ सय परिवार विस्थापित भएका थिए ।