लिस्वन ।
बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा बस्दै आएका एक नेपाली युवाको आफ्नै डेरामा निधन भएको छ ।
घटना राजधानी लिस्बनको बुढाबुढी पार्क नजिकको हो।
उनको निवास्थान अहिले प्रहरीको घेरामा छ र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
उनको के कारणले निधन भएको हो भन्ने खुलेको छैन । तर ह्दयघातका कारण निधन भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
सन् २०१९ यता मात्रै पोर्चुगलमा २९ जना नेपालीले ज्यान गुमाइसकेका छन् , जसमध्ये ५ जनाको ज्यान कोभिडका कारण भएको हो।