आज देखि अनावश्यक भीडभाड, जुलुस, जात्रा आदि गर्न नपाइने

काठमाडौँ।

आज बिहीबार रातिदेखि अनावश्यक अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव गर्न नपाइने भएको छ ।

सरकारले कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी यस्तो आदेश जारी गरेको हो ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने÷नगराउने आदेश जारी गरेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार