काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र कार्यकर्ताको भावना बुझेर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व हस्तान्तरण गरेर अघि बढनुको विकल्प नरहेको बताउनु भएको छ ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टीको १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा कांग्रेसलाई मत नदिने तर्कसमेत गर्नुभयो ।
नेता सिंहले जिल्ला जिल्लाका कार्यकर्ताहरुले पार्टीको नेतृत्व लिन आफूलाई दवाव दिईरहेको दावी गर्नुभयो ।
गणेशमानको छोरा पार्टीको नेतृत्व लिन किन तयार नहुने भनेर पार्टीका कार्यकर्ताहरुले आफूलाई गाली गर्ने गरेको उहाँको भनाइ छ ।
सिंहले महाधिवेशनमा विवेकको मत दिएर पार्टीको नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।