पोर्चुगलमा हवाई टिकेटमा फेरी ठगिए नेपाली : रेमिट डेस्टिनेशनबाट काटिएका टिकेट नै नक्कली, महिलासहित ५ यात्रु लिस्बन एयरपोर्टमा अलपत्र !

लिस्बन।

पोर्चुगलमा नेपालीले नेपालीलाई धाकधम्की दिने , ठग्ने, लुट्ने र कुट्ने घटनाहरु नौलो होइन। तर नेपाली व्यवसायीहरुबाट नै नेपाली बारम्बार ठगिनु निकै दुःखदायी कुरो हो।

रेमिट डेस्टिनेशनबाट दशैँ मनाउन लिस्बन – काठमाडौँका लागि हवाई टिकेट काटिएका ५ जना नेपाली आज फेरी ठगिएका छन्। एक महिला सहित ५ जना यात्रुहरु दशैँ मनाउन नेपाल यात्राका लागि एयरपोर्ट पुगेका उनीहरु एयरलाइन्सको काउन्टरमा पुग्दा नक्कली टिकेट भन्दै फर्काइएपछि मात्रै आफुहरु ठगिएको थाहा पाएका थिए।

रेमिट डेस्टिनेशनका संचालक रबिन उप्रेती हुन्। केही महिना अगाडी मात्रै दुई सयभन्दा बढी नेपालीहरुलाई नक्कली हवाई टिकेट दिएर अलपत्र पार्दै २ करोडभन्दा बढी ठगी गरेर फरार भएका तत्कालिन एनआरएनए कोषाध्यक्ष बिक्रमजंग कुँवरद्वारा संचालित लक्ष्मी ट्राभल्सका पूर्व कर्मचारी हुन् उप्रेती।

ठगिएका पिडित यात्रुहरुलाई न्याय दिलाउन नक्कली हवाई टिकेट बेच्ने रेमिट डेस्टिनेशनमा पुगेका नागरिक समाजका अगुवाहरु !

नेपालीबाट नै नेपाली ठगिएर यात्रुहरु अलपत्र परेको खबर बाहिर आएपछि एनआरएनए पोर्चुगलका दुई समानान्तर समितिमध्येको सोमफुरी शेर्पाको टोली पत्रकारहरु सहित नक्कली टिकेट बिक्री गर्ने रेमिट डेस्टिनेशनका संचालकलाई संगै लगेर एयरपोर्टमा अलपत्र परेका नेपालीको उद्धार गर्न त्यसतर्फ़ गएको छ।

रेमिट डेस्टिनेशनबाट हवाई टिकेट लिएका यात्रुहरुले आफ्नो यात्रा गर्नुअघि सम्बन्धित एयरलाइन्ससँग आफ्नो टिकेट रुजु गराउन नागरिक समाजका अगुवाहरुले सचेत गराएका छन्।

#InUpdate

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार