लिस्बनमा एनआरएनए पोर्चुगलका दुई समानान्तर समितिबिच दोहोरो भिडन्त, प्रहरी आएपछि भागाभाग !

लिस्बन।

गैर आवासीय नेपाली संघ पोर्चुगलको बिबाद उत्कर्षमा पुगेको छ। संघको निर्वाचन देखिको विवादले संघ दुई समानान्तर समितिमा गठन भएदेखि नै संघको कार्यालयमा ताला लागेको थियो।

नेपाली कांग्रेस र माओवादी गठबन्धनको रबिन अधिकारी नेतृत्वको संघ र नेकपा, समाजवादी र स्वतन्त्र गठबन्धनको सोमफुरी नेतृत्वको संघका पदाधिकारी र समर्थकहरुबिच शनिवार बेलुका राजधानी लिस्बनको अलमेदा पार्कमा दोहोरो भिडन्त भएको छ।

दोहोरो भिडन्तमा दुबैतर्फका समर्थकहरु घाइते भएका छन्। भिडन्तको किन र के कारणले भएको भन्ने खुल्न सकेको छैन तर निर्वाचनमा भएको धादली र दुई समानान्तर समिति गठन हुनु नै बिबादको प्रमुक कारण भएको समुदायको ठहर छ ।

भिडन्तभएपछि जीएनआर प्रहरी घटनास्थल पुग्दा सबैले भागेर कुलेलाम ठोकेका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार