वकिलको भेषमा छिरेका हमलाकारीले अदालतभित्रै गोली चलाए, ३ जनाको मृत्यु

काठमाडौं |

भारतको नयाँ दिल्लीमा गोली हानाहान भएको छ । नयाँ दिल्लीको रोहिणी जिल्ला अदालतमा गोली हानाहान हुँदा ३ जनाको ज्यान गएको भारतिय मिडियामा जनाइएको छ ।

वकिलको भेषमा आएका दुई जनाले अदालतभित्र गएर गोली चलाएका थिए । अदालतमा गोली हानाहानमा कुख्यात जितेन्द्र उर्फ गोगीको पनि ज्यान गएको छ ।

उक्त घटनामा दुई जना अन्य हमलाकारीको पनि ज्यान गएको हो । अदालतभित्र सुनुवाइका लागि तयारी भइरहँदा दुई व्यक्तिले जितेन्द्र मानमाथि गोली चलाएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार