टन्सिल भएमा के गर्ने? यस्ता छन् समाधानका घरेलु उपाय !

टन्सिल मानिसलाई लागिरहने मध्येको एउटा रोग हो । यसले धेरैलाई सताउने गरेको छ । मौसममा आउने परिवर्तन, चिसो तातो खान आदिका कारण टन्सिल हुने गर्छ ।

टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ । तसर्थ हामी आज टन्सिलको घरायसी उपचार बारे जानकारी दिने प्रयास गर्ने छौं ।

किन हुन्छ टन्सिल ?

हाम्रो जिब्रोको ठीक पछाडि बदाम आकारको दुई छोटो छोटो अंग हुन्छ । जहाँ मुखबाट गलासम्म पुग्ने दुई यो अंग हुन्छ जसलाई टन्सिल भनिन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने कार्य गर्छन् । यसले शरीरको कयौं बीरामितथा संक्रमणबाट बचाउँछ ।

तर कयौं पटक यो शरीरलाई बचाउने को प्रक्रियामा स्वयं नै बिरामी हुन्छ । संक्रमण या कुन अन्य कारणबाट टन्सिलमा पीडा हुन्छ । कयौं पटक यो यति बढ्छ की खान पिउनसमेत समस्या हुन्छ ।

घरायसी उपचार

यदि वर्षमा एकपट टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ । यदि टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नुहुन्छ ।

नुन पानी

नुनमा एन्टी बायोटिक गुण हुन्छ । यसका लागि हल्का तातो पानीमा नुन हालेर मुख कुरा गर्नुहोस् । यसबाट निकै लाभ हुन्छ ।

हरेक दिन मनतातो पानीमा नुन राखेर या नन अल्कोहलिक माउथवास राखेर मुख कुला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ । अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुला गर्दा थप फाइदा हुन्छ ।

चूक अमिलोको प्रयोग

चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ । जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ । भिनेगर आजकल बजारमा सहज रुपमा उपलव्ध हुन्छ । यसलाई पानीमा मिलाएर कुरा गर्न गर्न सक्नुहुन्छ । यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ ।

बेसार

कुला गर्नका लागि बेसार पनि राम्रो मानिन्छ । तातो पानीमा थोरै बेसार मिसाएर कुला गर्दा टन्सिल निको पार्न फाइदा हुन्छ । राति सुत्नु भन्दा पहिला एक गिलास तातो दूधमा थोरै बेसार र मरिच पाउडर पिउनाले राहत मिल्छ ।

अत्याधिक पानी

टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक पानी पिउनु जरुरी छ । सूप, जूूस तथा अन्य पेय पर्दाको प्रयोग बढी गर्नु आवश्यक छ । पानी पिउँदा गला चिसो रहन्छ । तर पेयपदार्थमा चिया, कफी या रक्सीलाई भने पूर्णरुपमा त्याग्नु पर्छ ।

चिकेन शूप पिउनुस्

चिकेन शूपमा सोडियमको मात्रा धेरै हुन्छ । यो शूपमा कयौं पोषक तत्व पनि पाइन्छ । टन्सिल भए खाना खान सकिँदैन । जसका कारण शरीरमा भएको पोषक तत्वको कमीलाई चिकेन शूपले पूरा गर्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार